भाद्र महिनाको मासिक राशिफल

Saturday, August 18th, 2018

मेष :व्यापारमा लाभमिल्ने योग रहेको छ । धार्मिकस्थलको यात्रा हुनुका साथै, घरपरिवारको कारण मानसिक तनावहरु आउने छ । विश्वास पात्रबाट घातहुने भएको हुँदा होसियारीका साथ काम गर्नुहोला । शैक्षिक प्रगति हुनेछ । सानातिना दुर्घटना हुनेछ । जागिरबाट मानसम्मान प्राप्त मिल्नेछ । आर्थिक सुधार हुने, पराक्रममा बृद्धि तथा साँस्कृतिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । यो महिनाका लागी शुभ अंक८ हरियो रग, उत्तर दिशा शुभरहेको छ ।
वृष :पारिवारिक काम काजले तनाव हुने छ । आँखाको समस्या आउन सक्छ । कृषिबाट फाइदा मिल्ने छ । यात्रामा कष्टहुने छ, परिवारका सदस्यनै विरोधी हुने हुँदा होसियारीमा काम गर्नु होला शत्रुपक्ष पराजित हुने छन् । विद्याआर्जनमा कमी, माया प्रेमकोप्रसंग मात्र चल्ने छ । शुभअकं १,३ पश्चिम दिशा र सेतो रंग शुभरहेको छ ।
मिथुन :भविष्यको चिन्ताको साथ साथै मानप्रतिष्ठामा आँच आउने छ । जागिरमा असन्तुष्टि मिल्ने छ । परिश्रमधेरै गरेपनि सफलता मिल्ने छैन्, नराम्रो कर्ममा मनजाने छ, बोलिमा विचार पुराउनुहोला, व्यापारमा नोक्सानी हुनेछ, विरोधीहरु सक्रिय हुनेछन् जग्गा जमिनको कारोबारमा फाईदा मिल्नेछ । रोकिएको धन सम्पत्ति मिल्नेछ । यो महिनाको लागी शुभअंक ५ मिश्रीत रगं र पश्चिम दिशा शुभरहेको छ ।
कर्कट :यात्रा रमाईलो तथा शैक्षिक प्रगति हुनेछ । स्वास्थ्यमा सुधार एवं प्रेमप्रसंग आऊनुका साथै परिवारबाट नै असहमती आउने योग छ बिचार पुराएर काम गर्नुहोला । व्यापारमा प्रगति तथा नयाँ कामको सुरुवात हुनेछ । जिम्बेवारीको काममा शत्रुलाग्नेछन् । बोलिलाई नियन्त्रण गर्नु होला, यो महिनाका लागी शुभ अंक २, ६ निलो रगं र पुर्वदिशा शुभरहेको छ ।
सिंह :खर्चमा वृद्घि भएता पनि आम्दानीले पुरा गराउने छ । भोजभतेरमा सहभागी हुनु पर्ने छ । प्रेम प्रस्ताव तथा पुनर्मिलनको प्रस्तावआउन सक्छ, अचलसम्पत्तिको दुरुपयोग, मिष्ठान्न परिकारको प्राप्ती हुनुका साथै इष्टमित्रहरुले तपाईबाट फाइदालिने छन् । बैदेशिक कामकाजको लागी दौडधुपमात्र हुनेछ । यो महिनाका लागी शुभअंक ९ खैरोरगं, दक्षिण दिशा शुभरहेको छ ।
कन्या :भविष्यको चिन्ता तथा मनमा शंका आउने योग रहेको छ । अन्यव्यक्तिको मन जित्न समय एवं धेरै परिश्रम गर्नु पर्ने छ । शैक्षिकस्तरमा परिर्वतन साथीभाईको कारण यात्रामा कठिन हुनेछ । दाम्पत्य जीवनमा अरुको कारण बिवाद आउन सक्छ । मावली तथा ससुरालीको कारण अपमान हुनुपर्ला । यो महिनाको लागी शुभअंक ३, कालो रंग, उत्तर दिशा शुभहुनेछ ।
तुला :कार्यमा केहि बाधा आउन सक्छ, धेरै दौड्भागको काम हुने छ । पशुचौपायबाट खासै फाइदा नभएपनि व्यापरमा लाभ मिल्नेछ । राज्यस्तरबाट सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनुकासथै बैदेशिक यात्राको समय आएको छ । पे्रमप्रस्ताव तथा नयाँ साथी बन्ने योग रहेको छ । यो महिनाको लागी शुभ अंक २ शुभ रगं निलो पश्चिम दिशा शुभरहेको छ ।
वृश्चिक :बिनाकारण सामाजिक जिम्वेवारी हुनेछ । सन्तानले कष्टदिने छन् । आम्दानीमा कमी, वैदेशिकयात्रा नराम्रो हुनेछ । धेरै योजनाहरु बन्नेछन् तर सफल हुने छैन्न । परिवारले साथदिने छैनन् । शत्रु पक्षबाट होसियारी हुनुहोला, कमिशन युक्त कार्यमा सहभागी मात्र हुनेछ । शुभ अंक ४, पहेलो रगं एवं दक्षिण दिशा शुभरहेको छ ।
धनु :ऋणमा वृद्धि हुनेछ । वैदेशिक क्षेत्रमा अवरोध आउनेछ । पारिवारीक अशान्ति तथा स्वास्थ्यमा समस्या आउनेछ । यात्रामा रमाइलो हुनुका साथै शैक्षिकपक्ष सवल रहेको छ । पैतृक सम्पतिको दुरुपयोग हुने सम्भावना रहेको छ । खानपिनमा बिचार पुराउनुहोला स्वास्थ्यमा समस्या आउने छ । यो महिनाका लागी शुभअंक ९ शुभ रंग रातो पश्चिम दिशा शुभरहेको छ ।
मकर :दाम्पत्य जीवनमा बिवाद हुनेछ । शैक्षिक स्तरमा सफलता हुनेछ । राजनीतिमा खासैराम्रो छैन्, स्मरण शक्तिमा कमी आउने छ । गृहणीहरुले घरपरिवारको सेवामा व्यस्त हुनुपर्ने छ, औद्योगिक कार्य र निर्माण कार्यमा ढिलासुस्ती हुनेछ, व्यापारमा भने लाभ मिल्नेछ । खरिदबिक्रीको समय आएको छ । यो महिनाका लागी शुभ अकं ३, रगं रातो पश्चिम दिशा शुभरहेको छ ।
कुम्भ :शारिरिक पीडा आउने छ । नयाँकामको सु्रुवात हुने छ । व्यापारमा सफलता, शैक्षिक प्रगति, लाभदायिकयात्रा एवं पारिवारीक समस्या आउन सक्छ । मित्रहरुबाट नै धोखा हुने हुदाँ होसियार हुनु होला । बोलिको प्रभावले महत्वपूर्ण काम सम्पन्न हुने छ । यो महिनाका लागी शुभअकं ७, निलोरगं, दक्षिण दिशा शुभरहेको छ ।
मीन :पशुचौपायबाट फाइदा मिल्नेछ । स्थान परिवर्तन तथा जागिर ,व्यवसायमा राम्रो हुनेछ । आत्मबल बढेर जाने एवं बैदेशिक क्षेत्रबाट राम्रै हुने छ । शैक्षिक मार्ग मजबुत बन्ने मित्रता प्रेममा परिवर्तन हुने छ । घरपरिवारले कुरा काट्ने छन् । संगीत तथा कलासाहित्यको क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक यात्राको लागी परिश्रम गर्नु पर्ला यो महिनाका लागी शुभ अक., ४ सेतोरगं, पुर्वदिशा शुभरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest