भारतको कोठी नम्बर ६४ बाट एक किशोरीको उद्धार

Thursday, May 10th, 2018

ललितपुर :नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का निलम्बित वडा अध्यक्ष सुनबहादुर तामाङले भारतमा चलाएको कोठीबाट हिजो एक किशोरीलाई उद्धार गरिएको छ । दिल्लीस्थित जी.बी रोडमा वडा अध्यक्ष तामाङकी पत्नी राधा तामाङले संचालन गरेको कोठी नम्बर ६४ बाट नेपालगञ्ज घर भएकी १९ वर्षीया किशोरीलाई उद्धार गरिएको हो ।के.आई. नेपालको पहलमा उद्धार गरिएकी किशोरीलाई आज नेपाल ल्याइदै छ । किशोरी बेचिएको कोठी नम्बर ६४ मा अन्य ३५ जना नेपालीहरु पनि के.आई. नेपालले जनाएको छ ।
पीडित महिला २ महिना पहिला बेचिएकी थिइन् । विवाहको नाटक गर्दै मुख्य दलाल सुनिल थापा, भारतीय दलाल रमेश ठाकुरले ३० र ३५ हजार रुपैयाँमा छुट्टाछुट्दै व्यक्तिसँग आफूलाई बेचेको ती किशोरीले बताइन् ।तामाङले भारतका चार ठाउँमा कोठी सञ्चालन गरी २ सय ५० जना महिला तथा बालिकाहरुलाई बेचेर यौन धन्दामा लगाएको बताइएको छ ।
के.आई. नेपालका निर्देशक इन्द्रराज भट्टराईका उद्धार गरिएकी किशोरीले भारतको विहारमा अनेकौ दुःखसँगै नशालु औषधीको सेवन गराइ एक महिनासम्म शारीरिक, मानसिक यातना दिई अन्त्यमा भारतको जी.बी रोडमा आफूलाई बेचेको बताएकी छन् ।वडा अध्यक्ष तामाङ अहिले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा कारागार जीवन भोगिरहेका छन् । उनलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा नुवाकोट जिल्ला अदालतले २०७४ साल वैशाख ७ गते ३७ वर्ष ६ महिना कैद र दुई लाख पचास हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सोही सजाय वेरुजु रही फरार रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलिले सुन्धाराबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत पेस गरेको थियो । जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि जगन्नाथदेवल कारागार चलान गर्न आदेश दिएको थियो । यसअघि तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
(महिला खबरबाट)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest