भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु

Wednesday, April 15th, 2020

काठमाडौं :भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।

त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका हुन् ।कोरोना भाइरस भारतको महाराष्ट्र सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।

त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ । दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३०६ जना संक्रमित निको भइसकेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest