भारतमा ५ देशका ५२ प्रतिस्पर्धीलाई पछी पार्दै नेपालकी घिमिरे विजयी

Sunday, August 5th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःभारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धीहरु उपाधीसहित नेपाल फर्केका छन् ।गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकि साइब्या घिमिरेले उपाधी जित्न सफल भइन् । ५ वटा देशबाट सहभागी ५२ जना प्रतिस्पर्धीबीच घिमिरे विजेता बन्न सफल भएकि हुन् ।
त्यसैगरी यसै प्रतिस्पर्धामा नेपालकै अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार श्रेष्ठ सेकेन्ड रनर अप भए । लिटिल विधातर्फ नै नेपाली प्रतिस्पर्धी नमन मित्तलले बेस्ट फोटोजेनिक टाइटल जिते ।टिन एस्थेटिक्स किड्स फेसन रनवेमा भने नेपाली प्रतिस्पर्धी प्रेजु कायस्थ दोश्रो भइन् । त्यसैगरी नेपालका तर्फबाट प्रतिस्पर्धामा भाग लिएकि महिमा बज्राचार्य यस विधामा ट्यालेन्टेड पर्सनालिटिज हुन सफल भइन् ।
गत वैसाखमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा काठमाडौंमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र टिन प्रिन्सेज डिभाका विजयी प्रतियोगीहरुले भारतमा किड्स फेसन रनवे प्रतिस्पर्धामा भाग लिएका हुन् । नेपालको विजयी प्रतियोगीको हैसियतले पाँच जना प्रतिस्पर्धीलाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले भारतमा यस प्रतियोगीतामा सहभागीताको लागी लगेको हो । नेपालबाट प्रतिस्पर्धामा भाग लिएका पाँचै जना प्रतिस्पर्धी कोही खालि हात भएनन् ।भारतमा सम्पन्न प्रतियोगीतामा पनि नेपाली प्रतिस्पर्धीहरुका लागी नेपालका ईन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजुले कोरीयोग्राफी गरेका थिए भने प्रतिस्पर्धीहरुको ड्रेस डिजाइन श्रीषा बैदार फैजुले गरेकि हुन् । यस किसिमका प्रतियोगीताहरुले मिस वल्र्ड जस्ता प्रतियोगीताको लागी समेत आधार बनाउँदै जाने फैजुले बताएका छन । ‘हालसम्म नेपालका ब्यूटि पेजेन्टका विजेताहरु सिधै अन्तर्रा्ष्ट्रिय प्रतियोगीताहरुमा सहभागीता जनाउन जाने भइरहेको थियो । अब ससाना भाईबहिनीहरुले पनि यसरी अन्तर्रा्ष्ट्रिय प्रतियोगीतामा सहभागी हुन जाने वातावरण बनेको छ । र आज यसरी अन्तर्रा्ष्ट्रिय प्रतियोगीता समेत जितेर नेपालले भविष्यमा मिस वल्र्डको उपाधी पनि जित्न सक्छ भन्ने प्रमाणित भएको फैजुको भनाई छ।प्रतियोगीतामा नेपाल र भारतको साथै दुबई, सिंगापुर र मलेसियाबाट समेत ५२ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest