भारतिय सिमा अतिक्रमण विरुद्ध माहेतरीमा कार्यक्रम

Tuesday, November 12th, 2019

 

जीवनराज दाहाल
महोत्तरी :बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठान, युवा अभियान नेपाल, प्रलेस महोत्तरी र लोक दोहोरी प्रतिष्ठानको सङ्युक्त आयोजनामा भारतिय सिमा अतिक्रमण बिरुद्ध सिर्जनात्मक कार्यक्रम बर्दिवासमा सम्पन्न भयो । कार्यक्रममा सिमा अतिक्रमण विरुद्ध नारा जुलुस र कविता वाचन भएको थियो । स्थानीय युवा, महिला, व्यवसायी , बुद्धिजीवी, कवि, कलाकार तथा पत्रकारको सहभागिता रहेको सो कार्यक्रममा सर्जक र वक्ताहरुले सिमा अतिक्रमण र हेपाहा प्रवृत्ति भारतले नरोके बर्दिवासबाट कडा आन्दोलन गर्ने उद्घोष गरे । कार्यक्रमको सन्चालन बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष इन्द्र लामा पार्थ सारथिले गर्नु भएको थियो भने प्रलेस महोत्तरीका अध्यक्ष जीवनस्पर्शी, युवा अभियान नेपालका बिष्णु बम्जन, लोक दोहोरी प्रतिष्ठानका कृष्ण गौतमले मन्तव्य राखेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest