भोगाइको केन्द्रबिन्दु नै जीवन हो

Monday, July 23rd, 2018

                                                             टीका भण्डारी र रिता भण्डारी
सफल हुने सबैको चाहाना हुन्छ नै । त्यो चाहे आफ्नो कार्य क्षेत्रमा होस् या जीवनमा । कार्य क्षेत्रमा सफल भएका प्राय व्यक्तिहरु वास्तविक जीवनमा प्रायः असफल नै रहन्छन् तर जागिर र वास्तविक जीवनलाईमिलाएर एकैस्तरमा जीवनमा सफलताको सिँडी चड्न सफल व्यक्तिमध्ये हुन् टीका भण्डारी ।मिडिया क्षेत्रमा लाग्ने व्यक्तिहरुको व्यक्तिगत जीवन असफल भएका घटनाहरु बाहिर आइरहेका
छन् तर आफ्नो प्रोफेसन र घर परिवारसँगै मिलाएर लान सक्ने व्यक्ति स्थापित पत्रकार एवम् संगीतकार हुन्, टीका भण्डारी ।रेडियो नेपालमा पहिलोपटक नै तारादेवीको गीतमा संगीत दिएका संगीतकार टीका भण्डारी सफल संगीतकारमात्र होइनन्, एक सफल अभिभावक, सफल श्रीमान् र सफल पत्रकार पनि हुन् । वर्षादमा उनी रुझ्दा झरी बनुझै लाग्यो.. जस्ता हीट गीतमा संगीत दिएका र हालसालैमात्र रेडियो पत्रकारिता पुस्तक प्रकाशित गरेका वरिष्ठ संगीतकार, लेखक तथा पत्रकार टीका भण्डारी अनि बम्बई अमरावतीमा पढ्दै गरेकी
रिताको भेट पहिलोपटक रिताको घरम नै भएको थयो ।

बम्बईको होस्टेलमा बसेर पढ्दै गरेकी रिता परीक्षाको छुट्टीमा घरमा आएकी थिइन् । १७ वर्षको उमेरमै विवाह होला भन्ने कल्पनासमेत नगरेकी रिताले कल्पना गरेजस्तो भएन । उनी २०५१ सालमा विवाह बन्धनमा बाँधिन पुगिन् ।
रेडियो नेपालमा जागिरे तथा आफूभन्दा केही उमेर पाको केटासँग विवाह गरे पनि रिता भाग्यमानी श्रीमतीमध्ये आफ्नो नाम पनि एक हो भन्न रुचाउँछिन् । एक छोरा र एक छोरीका अभिभावकसमेत रहेको यो जोडी सन्तानलाई उचित शिक्षा र राम्रो संस्कार दिन सकेकोमा गर्व गर्छन् । पहिलोपटक भेट्दा नै टीकाको मनमा रिता बस्न सफल भइन्, अझ भनौं, ड्रिम गर्ल नै पाए टीकाले । रितालाई पहिलोपटक भेटेको
बेला रिताले पनि नाँइ भन्न सकिनन् । विवाहको कुरा चलेको एक महिना मै विवाह भएको थियो ।विवाह भएको एक महिना नपुग्दै रिता पढाई पूरा गर्ने भनेर पुनः भारत गइन् । सो अवधिमा टीकाले रितालाई साह्रै मिस गर्थेे ।

त्यसवेला सम्झना साटासाट गर्ने अन्य माध्यम न
भएकाले टीकाले आफ्नो सम्झना र दैनिकी अक्षरमा कैद गरेर सिरानमुनि राख्थे र पछि रिता आउँदा सबै पढ्थिन् । रिता भन्छिन्–पछि म नेपाल आएँ, नेपाल आउँदा उहाँको व्यस्तता, मेहनत देखेर झन् उहाँको माया लाग्न थाल्यो । मागी विवाह गरेको यो दम्पत्तिले विवाहपछि नै एक अर्कालाई बुझे, प्रेम गरे, माया साटे र चोखो माया लगाए । एकले अर्कालाई सम्मानसाथ प्रेम गरे र जीवन सहज रुपमा चलाउदैछन् । एकले अर्काको कामलाई सहयोग गर्ने भण्डारी दम्पत्तिलाई कतिपयले चखेवाको जोडी भनेर पनि भन्ने गर्छन् । मेहनती र हँसमुख टीकाको स्वभाव रितालाई मनपर्छ ।
हरेकलाई सम्मानजनक रुपबाट हेर्ने र सबै कुरालाई मिलाएरलान सक्ने, आतिथ्यता राम्रो बनाउने रिताको बानीले पनि टीकालाई लोभ्याउँदो
रहेछ । रिताले अनौपचारिक र बौद्धिकस्तर वृद्धि गरे हुन्थ्यो भन्ने टीकाको अपेक्षा रहेको छ भने समयको ख्याल र बिर्षने बानी हटाइदिए हुन्थ्यो भन्ने
रिताको अपेक्षा रहेको छ ।

टीकाले संगीत गरेको छातीभित्र ढुकढुकी, वर्षादमा उनी रुज्दा, यो माया भन्ने चीज कस्तो भन्ने गीत रितालाई धेरै मनपर्छ । संगीतमा खासै ज्ञान नभए पनि रीतालाई संगीत धेरै मनपर्छ । संगीत क्षेत्रमा लामो समय बिताएर, लामो संर्घषपछि वरिष्ठ संगीतकार बन्न सफल टीकालाई संगीत क्षेत्र बाहेक अरु सोच्नै मन लागेन । २०४५ सालमा रेडियो नेपालमा नोकरी पाएका उनले अन्य पेशा सोच्दै सोचेनन् । खासै ठूलो झगडा गरेर ठूस्स परेको रेकर्ड नै छैन, टिका भन्छन् सामान्य ठाकठूक भने अवश्य नै पर्छ तर त्यसलाई झगडा भन्न मिल्दैन ।टीकाका लागि सम्पूर्ण सामान रिताले नै व्यवस्थापन गर्ने गरेकी छन्् । एनिभर्सरी, जन्म दिनमा सरप्राइज पनि प्रायः रिताले नै दिन्छिन् । माया गरेर बोलाउँदा पनि टीकाले रितालाई रिता नै भनेर बोलाउँछन् । रिताले भने टीकालाई माया गरेर बाबा भनेर बोलाउँछिन् । भोगाइको केन्द्र बिन्दुलाई नै जीवन हो भन्ने यो दम्पत्तिले परिस्थितिसँग भाग्नु नहुने मान्यता राख्ने गरेका छन् ।

-कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest