भोजपुरमा एक महिलाको हत्या, एक गम्भीर घाइते

Sunday, October 20th, 2019

भोजपुर : षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ ।षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते भएकीछन।

उनीहरुमाथि शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो । गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको जनाइएको छ ।घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिएकाछन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest