भ्यालेन्टाइन डेमा १४ सेलिब्रेटीका प्रेमिल कविता वाचन हुने

Tuesday, February 11th, 2020

 

काठमाडौं :मिस नेपाल २००५ सुगरिका केसीले यसपटकको भ्यालेन्टाइन डेलाई कवितामय बनाउने योजना बनाएकी छिन् ।
उनको संस्था शुभदिनले भ्यालेन्टाइन डे अर्थात १४ फबु्रअरी (शुक्रवार) का दिन काठमाडौंमा एउटा विशेष समारोह आयोजना गर्दैछ ।
‘आईएम अ पोएट इन लभ’ अर्थात मायामा परेको म एउटा कवि शीर्षकको उक्त कवितावाचन समारोहमा विभिन्न क्षेत्रका १४ जना सेलिब्रेटीहरुले आफ्नो रोमान्टिक कविताहरु वाचन गर्नेछन् ।

शुक्रवार साँझ पाँच बजेपछि प्रारम्भ हुने उक्त कार्यक्रममा अनुराधा कोइराला, रुक्माङ्गत कटवाल, भिमार्जुन आचार्य, बबिता बस्नेत, प्रकाश सायमी, गौरी मल्ल, कोमल वली, आयशा शाक्य, दीपाश्री निरौला, नरेश भट्टराई, रञ्जु दर्शना, डा.सुवास आचार्य, सृष्टि केसी तथा श्वेता खड्काले आफ्ना प्रेम–भावना बोकेका कविताहरु वाचन गरेर भ्यालेन्टाइन डेलाई विशेष बनाउने छन् ।
कार्यक्रमको सञ्चालन सुगरिका केसीले नै गर्नेछिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest