मंसिर महिनाको मासिक राशिफल

Tuesday, November 19th, 2019

 

मेष

धार्मिक कार्यमा मन जानेछैन, अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । जग्गा जमिनमा विवाद आउन सक्छ, स्वास्थ्यमा केहि समस्या आएता पनि सुधार हुँदै जाने छ । राजनैतिक बिवादको कारण काममा बिध्न बाधा आउने छ । सन्तानको प्रगतिले शान्तीको अनुभुति हुनेछ । यो महिनाको लागि शुभ अकं २, सेतो रगं एवं पश्चिम दिशा शुभ हुनेछ ।
वृष

गोपनीयतामा काम गर्नुहोला अन्यथा परिणाम नराम्रो आउन सक्छ । विरोधी गर्नेहरु धेरै छन् । धेरैपरिश्रम गरेर मात्र सफलता मिल्ने छ । धार्मिक यात्रा तथा रोकिएका धन सम्पत्ति मिल्नेछ । नयाँ कामको थालनी हुने तथा बैदेशिक यात्राको सम्भावना रहेको छ । आर्थिक लेनदेनमा बिचार पुराउनुहोला अन्यथा परिणाम नराम्रो आउनेछ । शुभ अक ७, कालो रगं, पश्चिम, दिशा शुभ रहेको छ ।
मिथुन

समय उत्तम रहेकोछ । आर्थिक प्रगति हुनेछ । साथीभाईको सहयोगमा कार्यमा सफलता तथा दाम्पत्य जिवनमा केहि बिवाद आएता पनि समाधान हुनेछ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । व्यापारी प्रयोजनको लागि यात्रा भएता पनि केहि कष्ट हुने योग रहेको छ । अकं ५ शुभ रङ् रातो, खैरो, शुभ दिशा पूर्व रहेको छ ।
कर्कट

उच्च शिक्षाको लागि बिदेश तथा शिप सिक्नको लागि यात्रा गर्नुपर्नेछ । मनमा शान्ति आउने छ । आफनै प्रयासबाटमात्र कार्यमा सफलता मिल्ने छ । व्यापार, कृषि तथा शैक्षिकस्तरमा राम्रो राजनीतिमा खासैराम्रो छैन् । सवारी साधनबाट चोटपटक लाग्ने हुँदा ध्यान दिनुहोला, यो महिनाको लागि शुभ अकं ४ शुभरंग रातो, हल्का खैरो, पश्चिम दिशा शुभ रहेको छ ।
सिंह

सामाजिक कार्यबाट असन्तुष्टी हुनुपर्ने छ । कानुनि प्रक्रियामा पर्नेहुदाँ विचार गरेरमात्र काम गर्नु होला, बोलिको प्रभाव हु्नुका साथै शैक्षिक क्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ, साथीहरुको सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा सुख मिल्ने छ । शुभ अकं ७ शुभ रङ् रातो, शुभ दिशा पुर्वरहेको छ ।
कन्या

अकस्मात धन मिल्ने छ । दाम्पत्य जिवनमा विवाद आउने, सवारी दुर्घटना तथा स्वास्थ्यामा समस्या भएता पनि सुधार हुनेछ । बैदेशिक यात्रामा कष्ट हुनेछ । अनावश्यक काममा बाधा तथा आफ्न्तीहरुले दुःख दिनेछन् । व्यापार व्यवसायमा लाभ तथा मान सम्मान मिल्ने योग रहेको छ । यो महिनाको लागि शुभ अकं ८ शुभ रगं निलो दिशा उत्तर शुभ हुनेछ ।
तुला

नोकरीमा लाभ मिल्ने, कामको व्यस्तताले परिवारमा समय दिन पाइने छैन । शत्रुले बाधा गर्नेछन् । चिन्ता, तर्क तथा विनाकारण रिस आउने छ, पराक्रमा बृद्धि संगै आर्थिक कष्टबाट मुक्ति मिल्नेछ । सन्तानको पिर चिन्ता यथावत नै रहने छ । यो महिनाको लागि शुभ अकं ४, रङ् निलो र पुर्वदिशा शुभ रहेको छ ।
वृश्चिक

आर्थिक कारोवारमा फस्ने योग, आफन्तलेनै ईश्र्या गर्नेछन् । व्यापारमा लाभ मिल्ने, जग्गा जमिनको कारोवारमा घाटा हुने, स्वास्थ्यमा समस्या, शैक्षिकपक्ष सवल रहेको छ । कृषि जन्य कारोबारमा लाभ मिल्नेछ । यो महिनाको लागि शुभ अकं २ हरियो रगं, दक्षिण दिशा शुभरहेको छ ।
धनु

महत्वपुर्ण कार्यको लागि यात्राहुने छ । राजनैतिक तथा धार्मिक कुराकानी धेरैहुने छ । कार्यमा व्यस्त हुनुपर्ने छ । व्यापारमा हानि नोक्सानी हुने छ । घमण्ड बढेर जानुका साथै ंजिम्वेवारीका कामहरु आउने छन् । शुभ अकं ९, पंहेलो रङं, पुर्वदिशा शुभरहेको छ ।
मकर

रिस नियन्त्रण गर्नुहोला, विशिष्ट व्यक्तिहरुबाट सहयोग मिल्ने छ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुने छ । खानपिनमा विचार हुनुहोला आलस्यता बढेर जाने, लेनदेनका कार्यमा होसियारी हुनुहोला । आर्थिक प्रगतिको समय आएको छ । शुभ अकं ६, रङ् हरियो, शुभदिशा दक्षिण रहेको छ ।
कुम्भ

मित्रहरुबाट विश्वासघात हुने छ, जीवनमा उतारचढाव आउने छ । मानसिक तनावले सताउनुका साथै, स्वास्थ्यमा केहि समस्या आउन सक्छ । जग्गा जमिनको कारोबारमा खासै लाभ मिल्ने छैन । भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ । शुभ अकं, ७ शुभ रङ् सेतो, शुभदिशा पूर्व हुनेछ ।
मीन

पेशाकर्मीका लागि समय उचित रहेको छ । बिश्वास गरेका बाटनै अपमान हुनुपर्ने छ, स्वास्थ्यमा समस्या देखा पर्नेछ । सामाजिक कलह तथा माया पिरतीमा चोट पुग्ने छ । दाजुभाईको सहयोगमा काम सम्पन्न हुनेछ । लगानी गर्दा बिचार पुराउनुहोला यो महिनाको लागि हुभ अकं १ शुभ रङ् निलो शुभ दिशा पुर्वरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest