मंसिर महिनाको मासिक राशिफल

Wednesday, November 21st, 2018


मेष

सानातिना कार्यमा व्यस्त हुनुपर्ला । मान सम्मान मिल्नेछ । आर्थिक नोक्सानी व्योहोर्नुपर्ला । सामाजिक कार्यमा दु.ख हुनेछ । जति काम गरेता पनि घरपरिवारले सहयोग भने गर्ने छैनन् । स्वास्थ्यमा सुधार हुनेछ । धेरै चुनौतीको समाना गर्नुपर्ला । शुभ अंक ६, हरियो रंग तथा दक्षिण दिशा शुभ रहेको छ ।
वृष

मध्यम खालको समय रहेको छ । मान सम्मान मिल्नेछ । रिस राग बढेर जानेछ । आर्थिक कारोबारमा धोखा हुन सक्छ । शत्रुपक्षले सताउनेछन् । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । कला र साहित्यको समय आएको छ । क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । शुभ अंक ८ रातो रंग, उत्तर दिशा शुभ रहेको छ ।
मिथुन

विश्वास गरेकाबाटै अपमानित हुनुपर्ला । जग्गा जमिनबाट फाइदा मिल्नेछ । मिष्ठान भोजन प्राप्त हुनुका साथै सन्तानले मनमा चोट पु¥याउनेछन् । भोजभतेरमा सहभागी हुनुका साथै विनाकारण शत्रुहरु हुनेछन् । महिनाको अन्तिम समयमा तनाबहरु धेरै आउनेछ । शुभ अंक २, रातो रंग र पश्चिम दिशा शुभ रहेको छ ।
कर्कट

आर्थिक संकटको सामना गर्नुपर्ला । व्यापारमा लाभ मिल्नेछ । सामाजिक कलह बढ्नेछ । अवसर आएता पनि समय दिन पाइने छैन । जीवनमा उतारचढाव आउने छ । पेट तथा आँखामा समस्या हुनसक्छ । मिलीजुली कार्य गर्नुहोला । शुभ अंक ४, शुभ रंग सेतो र पश्चिम दिशा शुभ रहेको छ । ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा फलफूल दान गर्दा राम्रो हुनेछ ।
सिंह

परिवारका लागि धेरै समय दिन पाइने छैन । व्यापारमा लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा अवरोध आउनेछ । वैदेशिक यात्रा हुनेछ । सवारी साधनका लागि खर्च हुनेछ । शुभ अंक ५ र शुभ रंग रातो र हल्का तथा पूर्व दिशा शुभ रहेको छ । ॐ शशी शेखराय नम ः मन्त्र जप तथा कालो वस्तु दान गर्दा शुभ हुनेछ ।
कन्या

नयाँ कामको सुरुवात हुनेछ । जिम्मेवारीमा गरेको काममा समस्या आउनेछ । शैक्षिक क्षेत्रमा अवरोध हुनेछ । दाम्पत्य जीवनमा मनमुटाव तथा शारिरीक कष्ट हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । आकस्मिक यात्राको योग रहेको छ । शुभ अंक २, सेतो रंग र दक्षिण दिशा शुभ रहेको छ ल। ॐ सदाशिवाय नम ः मन्त्र जप तथा निलोबस्त्र दान गर्दा शुभहुनेछ ।
तुला

रोगव्याधीले सताउनेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शत्रुले समस्या ल्याउनेछन् । मनमा अनावश्यक चिन्ता हुनेछ । शुभ अंक ९, शुभ रंग हरियो र दक्षिण दिशा शुभ रहेको छ । ॐ विष्णु वल्लभाय नमः मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।
वृश्चिक

भोज भतेरमा सहभागी हुनुका साथै विनाकारण शत्रुहरु हुनेछन् । बोलीको प्रभाव हु्नुका साथै शैक्षिक क्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुनसक्छ । आर्थिक प्रगति हुनेछ र सन्तान सुख हुनेछ । शुभ अंक १,३, रातो र पूर्व दिशा शुभ रहेको छ । ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउँदा राम्रो हुनेछ ।
धनु

राज्यस्तरबाट मानसम्मान मिल्नेछ । दाजुभाईबाट बिरोध हुनेछ । दाम्पत्य जीवनमा उतार चढाव आउनेछ । कुरा काट्नेहरु धेरै हुनेछन ्। प्रेम प्रस्तावका अवसर तथा पूनर्मिलनको योग रहेको छ । दाजुभाईको काम गर्नुपर्नेछ । शुभ अंक ६, कालो रंग र पश्चिम दिशा शुभ रहेको छ । ॐ गिरीशाय नमः मन्त्र जप तथा वृद्धवृद्धालाई भोजन गराउदा राम्रो हुनेछ ।
मकर

राजनीतिक कुराकानीमा विवाद हुनेछ । निराशा एवं उदासिनता बढेर जानेछ । जिम्मेवारीका काम आउनेछन् । शैेक्षिक क्षेत्रमा प्रगती हुनेछ । फेसन तथा मनोरञ्जनमा खर्च हुनेछ । सवारीसाधनबाट होसियार हुनुहोला । शुभ अंक ३, गुलाबी शुभ रंग र पश्चिम दिशा शुभ रहेको छ ।
ॐ माधवाय नम ः मन्त्र जप तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।
कुम्भ

आत्मबल कमजोर हुनेछ । पारिवारिक समस्याले सताउनेछ । नयाँ कामको थालनी हुनेछ । साथीभाईबाट सहयोग मिल्नेछ । अनावश्यक झै–झमेला आइपर्नेछ । व्यापार, व्यवसाय र नोकरीबाट सफलता मिल्नेछ । शुभ अंक २, कालो र दक्षिण दिशा शुभ रहेको छ । ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
मीन

पे्रमप्रस्ताव आउन सक्छन् । रिस, राग तथा डाह गर्नेहरु प्रसस्त हुनेछन् । लेनदेन कारोबारमा घाटा हुनेछ । स्वार्थी तथा एकोरोपनले सताउने हुदाँ राय सल्लाहमा कार्य गर्नु होला । शुभ अंक १,२, हल्का पंहेलो रंग र पश्चिम दिशा शुभ रहेको छ । ॐ त्रं, त्रं, त्रं मन्त्र जप र सेतो बस्त्र दान गर्दा लाभ हुनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest