मदन पुरस्कारका लागि ‘निहारिका’को उपन्यास ‘योगमाया छनोट

Tuesday, August 28th, 2018


चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःप्रत्येक वर्ष प्रदान गरिदै आएको मदन पुरस्कार यस वर्ष पनि प्रदान गर्ने भएको छ ।यस वर्षको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’ लाई प्रदान गरिने मदन पुरस्कार गुठीले बताएको छ ।सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।सो गुठीले २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट मदन पुरस्कारका लागि आठ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।उत्कृष्ट पुस्तकमा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शन परेका थिए ।त्यसमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोटभएको गुठीले विज्ञप्ति मार्फत जनाएको छ ।
त्यस्तै २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय रहेको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest