मदिरा सेवन गर्नेलाई लाइसेन्स वितरण सुरु

Monday, September 17th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाडौं ः बाजुराको एउटा गाउँपालिकाले मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ ।जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन कार्ड(२०७५’ बाँड्न थालेको हो ।गाउँपालिकाले असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ पास गरेको थियो । सोही ऐन हनुसार साउनदेखि मदिरा पिउन कार्ड बाँड्न थालेको छ । अहिलेसम्म १५० भन्दा बढीले यो कार्ड लिएका छन ।
गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिरा सेवन कार्ड लिन बाषिर्क ५०० रुपैयाँ बुझाउनुपर्छ ।यो कार्ड भए पछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाइन्छ । एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउनेछन । यस्तो कार्ड गाउँमा आउने पाहुनाहरुले पनि लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य गरिएको छ । ‘हरेक पसलेको मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरुले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्नुपर्छ’ रोकायाले भने ।
गाउँपालिकाले भने पसलको स्टक र लाइन्सेन्सधारी ग्राहकको संख्याका आधारमा तोकिए अनुसार १८० मिलिलिटर वा त्यसभन्दा बढी मदिरा खाएको अनुगमन गर्ने गरिएको उनले बताए ।कार्ड नभएका मानिसले मदिरा पिएको भेटिएमा पहिलो पटक दुई हजार र दोस्रो पटक ७ हजार जरिवाना तोकिएको छ ।
मदिरा सेवनमा पूर्ण रोक लगाउने अवस्था नभएकाले कार्ड दिएर व्यवस्थित गर्न खोजेको गाउँपालिका अध्यक्ष रोकायाको दाबी छ ।
‘रक्सी खाएर झगडा गर्दा थुप्रैको ज्यान गएको छ, अहिले पनि मुद्दा मामिला झेल्दै आएका छन उनले भने, ‘गाउँपालिकाले कार्ड सिस्टम लागू गरेपछि गाउँगाउँका महिलाहरु खुसी भएका छन् । कार्यान्वयनमा सहयोग गर्छौ भनेर हामीलाई भनेका छन ।’

( देउडा गायक यज्ञराज उपाध्यायको प्रेमहकानी पनि हेर्नुहोस)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest