मनोज गजुरेलसंग डिभोर्स गरेको डिभोर्स एनिभर्सरी मनाउदै मिना

Wednesday, December 26th, 2018

केही साता अघि मात्र साहित्यकार सरस्वती प्रतिक्षाले डिभोर्स गरेको वर्षगाठ मनाउदै गरेको तस्विर तथा पोष्टको विषय सेलाउन नपाउदै कलाकार मनोज गजुरेलको पुर्व पत्नि मिना ढकालले डिभोर्स एनिभर्सरी मनाउन लागेकी छिन् । आफु स्वतन्त्र भएको दिन सेलिब्रेशन गर्न लागेको र सबै सुभचिन्तकहरुलाई आउन हुनको लागि अनुरोध भन्दै उनले आफ्नो फेसबुक पोष्ट गरेकी छन् । डिभोर्स पछि विभिन्न किसिमका अन्तर्वाता दिएर चर्चा कमाएकी उनले डिभोर्स भएको एक वर्ष पूरा भएको अवसरमा आज ९बुधबार० नयाँ बानेश्वरमा रहेको आफ्नो बुटिकमा चियापानको आयोजना गर्ने बताइकि छिन् । उनले फेसबुकमा लेखेकी छन्, ‘भोलि ११ गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मीय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु !’

उनको यो डिभोर्सको उत्सव मनाउने निणर्यलाई धेरैले शुभकामना दिए पनि कसैले भने कटाक्ष समेत गरेका छन् । गत वर्ष सम्बन्ध विच्छेद गरेका मनोज गजुरेल र मिना ढकालका एक छोरा र एक छोरी छन् । मिनाले नयाँ बानेश्वरमा आमा छोरी नामक बुटिक सञ्चालन गर्दै आएकी छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest