मन्जु पौडेलको तिज गित छम्म छम्म सार्वजनिक

Wednesday, July 18th, 2018

लोकप्रिय गायिका मञ्जु पौडेलको नयाँ तिज गित छम्म छम्म भर्खर मात्र सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गितमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।मञ्जु पौडेल र सन्तु थापाको आवाज रहेको छ । गितलाई सबैले निकै प्रतिक्षा गरेका थिए । सो प्रतिक्षा आज समाप्त भएको छ ।

वि.एम.एस फिल्मस्ले बजार व्यवस्थापन गरेको सो गितमा निता ढुङ्गाना र दिपेन्द्र घिमिरेको दमदार अभिनय रहेको छ भने गितलाई प्रकाश भट्टले निर्देशन गरेका छन । गितमा शिव हमालको शब्द सिर्जना तथा पवित्रा सर्तुङ्गी मगरको लय सिर्जना रहेको छ ।गित सार्वजनिक भए पनि तातोपाटी सँग कुरा गर्दै मञ्जु पौडेलले विगतका सिर्जना जस्तै यो गितलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest