मन्टेश्वरी शिक्षण विधि आजको आवश्यकता

Friday, May 3rd, 2019

 

२० औ शताब्दिमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको मन्टेश्वरी शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ । नेपालमा पनि काठमाण्डौ लगायत देशका मुख्य शहरहरुमा मन्टेश्वरी पद्धतिले बालबालिकालाई सिकाउने उद्देश्यले थुप्रै मन्टेश्वरी शिक्षण केन्द्र संचालित रहेका छन् । सामान्यतया २ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति हो ।

पुष्पा रिजाल,सिटी मन्टेश्वरी  संस्थापक प्रिन्सिपल

अनामनगर स्थित सिटी मन्टेश्वरी कि संस्थापक प्रिन्सिपल पुष्पा रिजाल श्रव्यदृष्यको माध्यमबाट श्रोत सम्म पुर्याएर, बच्चालाई दवाव नदिइकन, वस्तुस्थिति प्रष्ट बुझाएर, लिंक गर्दै सिकाइने जुन सिकाईले बालवालिकाको समग्र विकासमा अत्यन्तै प्रभावकारी भूमिका खेल्ने हुँदा मन्टेश्वरी शिक्षण विधि आजको बालबालिकाको लागी अनिवार्य आवश्यकता भएको बताउँदै यी सबै विधि सिटी मन्टेश्वरीले अपनाएको र वालमनोविज्ञानलाई सुक्ष्म रुपमा बुझेका शिक्षिकाहरुले सिकाउने व्यवस्था रहेको बताइन् । उनी भन्छिन् बालवालिकालाई दवाव दिइयो भने नकारात्मक उर्जा पैदा हुन्छ, बच्चाको दायाको सट्टा वायाँ मस्तिष्क सक्रिय हुन्छ जसले गर्दा बच्चा आत्तिने, डराउने, अरुको सफलतामा इश्र्या गर्ने, आँफूले हार्नै नहुने आदि सोचको विकास हुन्छ भने दाया मस्तिष्क सक्रिय हुँदा बच्चा सधैं सक्रिय, हँसिलो, खुशी, संयमित, सबै संग मिलनसार प्रकृतिको हुन्छ, दाया मस्तिष्क सक्रिय हुँदा मस्तिष्कको धेरै भाग प्रयोगमा समेत आउँछ, बच्चाको दाया मस्तिष्कको विकासको लागी मन्टेश्वरी शिक्षण विधि अत्यावश्यक छ ।

 

कुमुद भट्ट,हाइड एण्ड सिक किन्डर गार्डेन संस्थापक प्रिन्सिपल

हाइड एण्ड सिक किन्डर गार्डेन कि संस्थापक प्रिन्सिपल कुमुद भट्ट बालवालिकालाई सहि उमेरमा सहि पाठ्यक्रममा सिकाउने मन्टेश्वरी विधि नै भएको बताउँछिन् । काठमाण्डौको सानो भर्याङ र टयाङ्लाफाँटमा रहेको हाइड एण्ड सिक किन्डर गार्डेनमा भौतिक संरचनाका साथै सरसफाईमा विशेष ध्यान दिई बालमनोविज्ञानलाई बुझेर, आफ्नै पाठ्यक्रम अनुसार स्वच्छ र रमणीय वातावरणमा बालवालिकालाई सिकाइने उनी वताउँछिन् ।

 

सवनम सुब्बा, मन्टेश्वरी किड्सवल्र्ड संस्थापक प्रिन्सिपल

मन्टेश्वरी किड्सवल्र्ड कि संस्थापक प्रिन्सिपल सवनम सुब्बा कितावी ज्ञान भन्दा फरक तरिकाले सिकाइने, बालवालिकाको समग्र विकासलाई ध्यान दिइने र बालमनोविज्ञान बुझेर फरक शैली र तरिकाले सिकाइने भएकोले अहिले मन्टेश्वरी विधि अभिभावकको छनौटमा परेको बताउँछिन् । बच्चाको सम्वेदनशिल मानसिक विकासलाई मध्यनजर गरेर सिकाइने विधि भएकोले बच्चाको समग्र विकासलाई ध्यान दिइन्छ । मध्येवानेश्वरमा रहेको मन्टेश्वरी किड्सवल्र्डमा बालबालिकालाई स्कुल होइन घरमा नै बसेर खेल्दै सिकेको आभाष मिल्ने उनी बताउँछिन् । उनी भन्छिन् ‘पढ्ने होइन सिक्ने, सिकाउने होइन आँफै सिक्ने शैली अपनाएर किताव विना नै खेल्दै खेल्दै बालबालिकाले सिकिरहेका हुन्छन्, खुल्ला वतावरणमा, अभिभावकले जुनसुकै बेला हेर्न सक्ने, हाइजेनिक लञ्च, सफा वातावरण र सुविधायुक्त भ्यान सहित भोलीका देशका कर्णधार उत्पादनमा हामी लागिरहेका छौं ।’

 

अञ्जु भट्टराई, अक्षरा किन्डर गार्टेन कि संस्थापक प्रिन्सिपल

अक्षरा किन्डर गार्टेन कि संस्थापक प्रिन्सिपल अञ्जु भट्टराई जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको र यी आवश्यकतावोधको पूर्तिको लागी मन्टेश्वरी शिक्षण विधिको आवश्यकता भएको बताउँछिन् । जावलाखेलमा अवस्थित अक्षरा किन्डर गार्टेनमा बालमैत्री वातावरण, तालिमप्राप्त तथा बालमनोविज्ञानमा पर्याप्त ज्ञान हासिल गरेका शिक्षिकाद्धारा वालवालिकाको सर्वाङीण विकासको लक्ष सहित काम गर्दै आइरहेको उनले बताइन् । वालबालिकालाई पाठ्यक्रममा मात्र सिमित नराखी दैनिक जीवनमा आइपुर्ने परिस्थितिलाई समाधान गर्न व्यवहारिक शिक्षा ‘इन्टिग्रेटेड करिकुलम’ अनुसार अक्षरा किन्डर गार्टेनले प्रदान गरिरहेको तथा वालवालिकालाई पढाउने नभई बालसुलभ गतिविधिमा रमाउदै सिक्ने कुरामा ध्यान दिइने, सिकाई उत्पादनमुखी नभई त्यसको प्रकृया महत्वपूर्ण हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै बालवालिकालाई प्रदान गर्ने शिक्षालाई जीवनोपयोगी बनाउने क्रममा शिक्षामा संस्कार थपि देश र समाजको परिस्थिति तथा अन्तर्राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने समालोचानत्मक तथा रचनात्मक सोच भएका व्यक्तित्व विकास गर्नको लागी अक्षरा किन्डर गार्टेन परिवार अहोरात्र लागिरहेको वताइन् ।

अहिलेको व्यस्त समयमा एकल परिवारमा बच्चाको रेखदेखमा निक्कै समस्या पर्ने गरेको छ । एकल परिवारको यहि परिस्थितिलाई मध्यनजर गर्दै संचालन भएको हो लब्ली होम चाइल्ड केयर एण्ड किण्डरगार्टेन । ललितपुरको जावलाखेल, भनिमण्डल, धोविघाट र सानागाउँमा उक्त किण्डरगार्टेन संचालित रहेको छ । उक्त किण्डरगार्टेन कि संस्थापक प्रिसिन्पल महेश्वरी अमात्य कामकाजी महिलाको परिस्थितिलाई सहज बनाउन र वालबालिकालाई घरकै वातावरणमा हुर्कने सुविधा सहित सेवा दिइएको वताउँछिन् । लब्ली होम चाइल्ड केयर एण्ड किण्डरगार्टेनमा तीन महिना देखिको बच्चाको सम्पूर्ण हेरचार गर्नुको साथै बच्चालाई पोषणलाई मध्यनजर गरि घरमा नै पकाइएको हाइजेनिक फुड खुवाइने पनि उनले बताइन् ।
मन्टेश्वरीमा दिइने शिक्षाले बालबालिकामा राम्रो संस्कार र स्वाबलम्बी बनाउन सिकाउँछ । बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यले सञ्चालन भएका मन्टेश्वरीमा राखिने हरेक सामानको वैज्ञानिक अर्थ हुने गर्दछ । बालबालिकाले खेल्ने खेलौना अनुसार पनि विभिन्न अर्थ हुन्छन् र सोही अनुसार उनीहरूले ज्ञान प्राप्त गर्छन् । मन्टेश्वरी पद्धतिअनुसार बालबालिकाले स्वतन्त्र रुपमा आफ्नै अनुभवबाट शिक्षा ग्रहण गर्छन् । बालबालिका कक्षामा अतिरिक्त क्रियाकलाप योग, संगीत, नृत्यमा सहभागी हुन्छन् र हेरेर, छोएर, महसुुुुस गरेर शिक्षा हासिल गर्छन् । मन्टेश्वरी शिक्षण विधिमा शिक्षिका सहयोगी मात्र मानिन्छ । बालबालिकालाई एकपटक सिक्ने वातावरणमा परिचय शिक्षिकाले गराएपछि बालबालिकाले आफ्नै स्वतन्त्रतामा सिक्ने गर्दछन् । मन्टेश्वरीमा शिक्षिकाले सिकाउने नभईकन अभिमुखीकरण गराउने हो । बाल मनोविज्ञानमा आधारित शिक्षा दिने मन्टेश्वरी विधिमा बालबालिकालाई प्रत्यक्ष रुपमा विभिन्न क्रियाकलापमा सहभागी बनाएर सिकाउने गरिन्छ । आजको परिवेक्षमा मन्टेश्वरी शिक्षण विधि खेल्दै सिक्ने थलोको रूपमा परिचित भइसकेको छ ।
प्रस्तुति ः हरिराम पौडेल

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest