मन्त्रीको राजीनामाले मात्रै पर्याप्त हुँदैन

Wednesday, July 25th, 2018

 

  • जानुका ढकाल

महिला हिंसालाई कसरी न्यूनिकरण गर्ने भन्ने बारेमा नेपालमा मात्रै होइन अन्तराष्ट्रिय रुपमा नै बहस चलिरहेको समयमा देशको सम्माननीय पदमा बसेका मन्त्रीले नै दिएको अभिव्याक्ति अहिले महिला अधिकारवादी र समग्र नेपालीहरुको लागि बिझाउने बनेको छ । उनको अभिव्याक्तिले कति अभिभावकहरुको चिन्ता बढाइदिएको छ, कतिलाई पश्चताप भएको छ आफ्ना छोरीबुहारीहरुलाई बंगलादेश डा. पढ्न पठाएकोमा भने राम्रो पढाईभएका आफ्ना सन्तानको डा. बनेर बिरामीको सेवा गर्ने चाहनालाई साथ दिदै लाखौ ऋण गरेर पढ्न पठाएका अभिभावकलार्ई के वित्यो होला यो कुरा न त दुर्गा प्रसाईले अनुमान लगाउन सक्छन् नत शेरबहादुरले नै । यदि उनीहरुका छोरीहरु बंगलादेशमा डा. पढ्दैथिए भने यो कुरा बोल्ने थिएनन् बरु गर्वका साथ भन्ने थिए मेरो छोरीले बंगलादेशमा डा. पढ्दैछ या पढिसकी । समग्र नेपालका महिला डा. जो अहिले आफ्नो पढाई बंगलादेशबाट सकाएर दिन रात नभनी सेवा गरिरहेका छन् उनीहरुको अपमान हो यो । समग्र बिधार्थीको अपमान हो अझ भनौ समग्र महिला माथिको अपमान हो । महिला डा. हरुको अस्मिता माथी धावा बेलेका छन् उनले जसका लागि उनको राजीनामा मात्र प्रर्याप्त हुँदैन कानून बमोजिम कडा कारवाहि हुनुपर्छ । अहिले कतिपयले राम्रो मान्छे हुन् शेरबहादुर भन्दै सामाजिक सञ्जालमा पोखिहेका छन् । हुनसक्छ उनी राम्रै थिए र नचाहेरै गल्ती भयो तर गल्ती आखिर गल्ती नै हो त्यो राम्रो मान्छेले गरोस् या नराम्रोले, चाहेर गरोस् या नचाहेर उसको त्यहि एउटा गल्तीका कारण हजारौलाई चाट पुगेको छ । पदमा बसेपछि के बोल्न हुन्छ के बोल्न हुँदैन यी कुराहरु ध्यान दिन जरुरी छ । उनी बोल्नु भनेको सरकार बोल्नु हो, त्यसमा पनि उनी त कानून मन्त्री उनी आफैलाई पनि धेरै थहाँ हुनुपर्ने कस्ता शब्द प्रयोग गर्नहुन्छ कस्ता प्रयोग गर्न हुँदैन भन्ने ।

सतहमा बसेर कसैको कुरा सुनेको भरमा बिना प्रमाण कसैको अस्मिता माथी प्रश्न चिन्ह लगाउने खालका शब्द बोल्नुको परिणाम कानून बमोजिम उनले भोग्नु पर्छ । मन्त्री बनेर पदमा बसिरहने उनको अवसर त गुम्यो नै तर त्यो भन्दा ठूलो चोट महिला डा.लाई परेको छ उनको अभिव्याक्तिका कारण । नेपालमा मेडिकल कलेजलाई मान्यता दिन हुदैन भन्दै डा. केसी अनशन बसिरहदा अहिले देशका अधिकांश जनता उनको पक्षमा छन् । केसीको तरिका ठिक नभएपनि उनका धेरै मागहरु भने जायज छन् जुन जनताले बुझेका छन् । यदि केसीको माग पुरा भयो भने थुप्रै नेपाली बिधार्थीहरुले सहज तरिकाले आफ्नो देशमा नै डा. पढ्न पाउने छन् । खर्चको अभावले डा. हुनबाट बञ्चित हुनुपर्ने छैन । त्यसैले पनि उनले साथ पाएका हुन् । त्यहि साथ देखेर डराएका केहि दुर्गा प्रसाइले बंगलादेशमा छात्राहरुलाई करणी गरेर मात्रै सर्टिफिकेट दिने कुरा गरेर त्रसाउन खोजे, उनको सपोर्टमा कानूनमन्त्रीले आपतिजनक अविव्याक्ति दिन पुगें र उनी पदच्यूत भए तर यहि घटनालाई अहिले जातियतासँग जोडेर विवादित बनाइदैछ । तर यो जातिय कुरा होइन गल्ती गर्ने चाहे जो कोहि होस् उसले सजाय पाउनुपर्छ विगतमा गोपाल पराजुली र अहिलेको शेरबहादुर दुबैले महिला हिंसा गरेका हुन् र राजीनामा दिन बाध्य पारिएको हो पनि । संबेदनशिल बिषयमाथी प्रहार गर्दा भोगेको सानो सजाय हो जुन पर्याप्त छदै छैन । हिंसाका थुप्रै रुप हुन्छन् महिला हिंसाको यो पनि एउटा रुप हो । उनको भनाईले डा. पढ्ने महिलाको अस्मिता माथी नै प्रश्न चिन्ह खडा गरिदिएको छ । हिजो सम्म खुशि साथ डा. पढाउने अभिभावक अहिले डराएका छन् । केहि समय अगाडि राष्ट्रपतिको बारेमा नकरात्मक बोल्ने एकव्याक्तिलाई सरकारले कारवाहि गर्यो, जेलमा नै हाल्यो जुन सहि पनि हो तर अहिले सम्पूर्ण डा. महिलामाथि यस्तो आपत्तिजनक शब्द प्रयोग गर्ने दुर्गा प्रसाई र उसैको कुरालाई सपोर्ट गर्दै बोल्ने सरकारको मन्त्रीलाई के अब सरकारले कडा कारवाहि गर्ला त ? यदि कानून जनतालाई लाग्छ भने मन्त्री र मेडिकल माफियाका रुपमा प्रख्यात दुर्गा प्रसाई कानून भन्दा माथी रहेर कारवाहि नहुने हो त ? पक्कै पनि देशमा कानून भन्दा माथी कोहि छैन ।

गल्ती समान्य जनताले गरोस् या पदमा बसेको मान्छेले कारवाहिको भागिदार दुबै हुनुपर्छ । शेरबहादुरको कुरा केहि साँचो पनि होला तर यदि त्यस्तो हो भने सत्य तथ्य बुझेर समाधानको बाटो अपनाउनु पर्दथ्यो । सरकारले चाहेको खण्डमा ती कलेजहरुलाई नै कारवाहि गराउने क्षमता राख्छ जहाँ नेपाली चेलीहरु शोषित भइरहेका छन् । यौन शोषणलाई कुनै पनि देशको कानूनले मान्यता दिएको छैन र दिदैन पनि । किन यसको लागि कुनै पहल गरेनन् कानून मनत्रीले ? प्रसाई र तामाड् दुबै केपी ओली सरकारको दुर्भाग्य पनि हो । अहिले गोविन्द केसीको अनशन र जनतालाई अचाक्ली कर लगाएर बिरोध खेपीरहको बेलामा यी अभिव्याक्ति र सरकारले यस्ता मन्त्रीमाथी कुनैपनि कारवाहिको ठोस निर्णय गर्न सकेन भने ओली सरकार कम्जोर ठहरीने छ । अहिले सरकारलाई कम्जोर बनाउने प्रयास प्रतिपक्षबाट भइरहेको समयमा आफ्नै मन्त्रीको अभिव्याक्तिले समग्र पार्र्टीलाई नै नकारात्मक बनाइदिएको छ । जनताले आशा गरेको सरकारका मन्त्रीलाई दिनप्रतिदिन निराशा बनाइरहेका छन् । महिलाको अस्मितामाथी औला ठड्याउने मन्त्रीलाई जबसम्म कडा कारवाहि गरिदैन यो सरकार वास्तवमा नै गलत र अपराधिलाई संरक्षण गर्ने सरकार सावित हुनेछ जनताको नजरमा । राजीनामा दिन लगाउनु सरकारको राम्रो कदम हो तर यो राजीनामाले मात्रै समग्र डा. महिलाहरुको चोटमा मल्हम लगाउन सक्दैन । अर्कोकुरा कानून मन्त्री मात्रै होइन दुर्गा प्रसाईले पनि कारवाहि भोग्नु पर्छ ताकि आउने समयमा कसैको अस्मितामाथी औला ठ्ड्याउने दुस्साहस नहोेस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest