मन्त्री गुरुङ, महिला माथी हिंसा हुन नदिने दृढता

Monday, June 8th, 2020

 


सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङ्ले बजेटले कार्यक्रम निर्धारण गर्ने पूरानो परम्पराको अन्त्य गर्दै अघि बढनुपर्ने आवश्यक्ता औंल्याए । ‘सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउनुपर्ने भन्दै,’ ‘सामाजिक रुपान्तरणको माध्यमबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने अवधारणा अघि सार्नु परेको हो उनले भने ।’

साथै मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यमबाट मात्रै मुलुकलाई समृद्ध बनाउने आधार तय हुने उल्लेख गर्दै सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सम्वद्ध सबै पक्षलाई ध्यान केन्द्रित गर्न पनि आग्रह गरे ।
उनले सामाजिक अन्धविश्वास र कुरीतिको रुपमा रहेका बाल विवाह, छाउपडी प्रथा, बोक्सी, दाईजोलगायतका कुप्रथाको अन्त्यका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जोड दिइएको बताए । उनले सामाजिक क्षेत्रको नीति, कार्यक्रम र बजेट कमजोर हुँदा कोभिड–१९ जस्ता महामारीबाट बच्ने अभियान संचालन गर्न समस्या भईरहेको उल्लेख गर्दै त्यसबाट शिक्षा र प्रेरणा लिएर अघि बढनुपर्ने भन्दै मन्त्री गुरुङले राष्ट्रिय कलंकको रुपमा रहेको छाउपडीजस्ता कुप्रथाको अन्त्यका लागि सरकारले नेपाललाई मर्यादित महिनावारीको देशको पहिचान दिलाउने गरी योजना तय गरेको स्मरण गराए, साथै उनले देशमा महिला हिंसा हुन नदिने दृढता पनि व्यक्त गरे ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest