मन मिल्यो भने जो संग नि डेटिङ जान्छु

Thursday, October 4th, 2018

कमल खत्री ,गायक

पहिलो चोटी स्टेज चड्दाको अनुभव ?

रमाइलो, केही खास भएजस्तो लाग्यो ।

सानो छदा कस्तो गायक बन्छु जस्तो लाग्थ्यो ?

गयक बन्छु भन्ने लाग्देन्थ्यो, तर छुट्टै पहिचान होस् भन्ने लाग्थ्यो ।

 आफुलाई रकस्टार भन्दा कस्तो अनुभुती हुन्छ ?

सन्तुष्टि मिल्छ ।

आफुलाई कहिले देखी गायक भए जस्तो कनुभुती गर्नु भयो ?

जब मेरो गित जताततै बज्न लाग्यो ।

देश विदेश घुम्नु भएको छ कस्तो रेन्सपोन्स पाउनु भएको छ ?

मैले सोचेको भन्दा पनि राम्रो ।

कुन हद सम्मको फ्यान पाउनु भएको छ ? 

किस गर्ने, रुने छुन खोज्ने टाइपको ।

एक गायकमा हुनुपर्ने गुण ?

गायकमा हुनुपनेृ गुण पक्कै पनि साधना, मेहनत, संस्कार धैर्यता हुनु नै पर्छ ।

गायक नभएको भए के हुनुहुन्थ्यो ?

त्यसको त कुनै अब्सन नै राखेको थिएन ।

महिलाको सबै भन्दा मनपर्ने पक्ष ?

धैर्यता र सहनशीलता ।

कुनै मोडल वा नायिका संग मोडलिङ गर्नु पर्यो भने कस्लाई रोज्नुहुन्छ ?

यो संग नै भन्ने छैन तर जो संग क्यामेस्ट्री मिल्छ उही संग ।

महिलाको मन पर्ने बानी ?

मिठो बोल्ने र कोमल मन ।

डेटि·को अवसर मिलेमा कस्लाई रोज्नु हुन्छ ?

मन मिल्यो भने जो संग पनि ।

जिवनमा सबै भन्दा ठुलो गल्ती के गरे जस्तो लाग्छ ?

पढाईलाई पुरा गर्नसकिन ।

एकदिनको लागि महिला भएमा के गर्नु हुन्छ ?

राम्रो गायिक बन्छु ।

यदि राजनितीमा कसैलाई सपोर्ट गर्नु पर्यो भने ?

नेपालको राजनितिमा चासो छैन ।

तपाईको विचारमा जिवन ?

सुख दुखको मिश्रण हो ।

प्रस्तुति ः कृष्णा चौलागाई 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest