महाबुमा सुनौला हजार दिनका आमाहरूलाई विभिन्न प्याकेजहरु सञ्चालन

Sunday, February 9th, 2020

झलक गिरी भाबुक
दैलेख :दैलेखको महाबु गाउँपालिकाले “बहुक्षेत्रीय पोषण योजना कार्यक्रम संचालनमा ल्याएको छ । सुनौला हजार दिनका आमाहरुलाई लक्षित गरि गाउँपालिका अन्तर्गत प्रत्येक वर्ष हरेक वडाहरुलाई समेटेर सन्चाल हुँदै आएको उक्त कार्यक्रम यो वर्ष पनि महाबु गाउँपालिकाको वडा नं. ४ मा संचालन गरिएको हो ।

“महाबु गाउँपालिका र युनिसेफ” को साझेदारीमा सुनौला हजार दिनका आमाहरुलाई लक्षित गर्दै भिभिन्न शाखा अन्तर्गत बिभिन्न प्याकेज गरि यो कार्यक्रमले पोषण सुधारमा ठूलोभुमिका खेलेको पाईन्छ । कृषि, स्वास्थ्य, पशु, खानेपानी तथा सरसफाइ, शिक्षा, महिला बिकास तथा बालबालिका गरि जम्मा ६ वटा शाखाले छुट्टा छुट्टै प्याकेजमा छुट्टा छुट्टै ज्ञानवर्दक तालिम एवम सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्यका स्रोतहरु लगायत भिभिन्न सामाग्रीहरु पनि बितरण गर्ने गरेको पाईन्छ ।
जस अन्तरगत खानेपानी तथा सरसफाई शाखा र कृषि शाखाले सुनौला हजार दिनका आमाहरुलाई लक्षित गर्दै आ(आफ्ना प्याकेजहरुमा छुट्टाछुट्टै कार्यक्रम गरेका छन। खानेपानी तर्फ पोषण ,सरसफाई , फोहोरमैला व्यवस्थापन, सुरक्षित खानेपानी, तथा जुठ्यान निर्माण सम्बन्धी एक दिने तालिम एवम अन्तरक्रिया कार्यक्रम र कृषि तर्फ करेसाबारी व्यवस्थापन, घरवारी बगैंचा तथा स्थानीय तरकारी बाली सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ शाखाका सयोजक दिपक कुमार बिष्टले फोहोरमैला ब्यबस्थापन, घर आगन तथा वाताबरणिय सरसफाई, सुरक्षित खानेपानी प्रयोग तथा खानेपानीको शुद्धिकरण, जुठ्यान तथा चाङ निर्माण जस्ता विभिन्न विषयमा सुनौला हजारदिनका आमाहरुलाई बृहत् रुपमा प्रष्ट पारेका थिए। त्यस्तै कृषी शाखाका प्राबिधिक बलबहादुर बिष्टले स्थानीय घरबारी बगैंचा तरकारी, फलफूल सम्बन्धि तालीम दिनुका साथै कृषिमा जोड दिएर आफ्नै करेसा बारिमा अर्गानिक पोषणउक्त खाद्यबस्तुहरु उत्पादन गर्न सके बाहिरबाट भित्रीने हाईब्रेड फलफुल तथा तरकारी उभभोग गर्न नपर्ने बताए ।जसले गर्दा सुनौला हजारदिनका आमाहरुको पोषणमा सुधार हुन धेरै समय नलाग्ने कुरा पनि प्रष्ट पारे र विभिन्न जातका बीउ बिजन समेत बाडीउएको थियो । त्यस्तै स्ववास्थ्य शाखा संयोजक रमेशकुमार दसौदिले पनि बहुक्षेत्रीय पोषण योजना बारे स्थानीयहरुलाई जानकारी गराएका थिए ।

यो कार्यक्रम बाँकी रहेका शिक्षा, स्वास्थ्य, पशु एबम महिला तथा बालबालिका विकास शाखाहरुका प्याकेजहरु पनि तत्कालै सु सम्पन्न हुने कुरा पोषण सयोजक डिल कुमारी रोकायले जानकारी दिइन। महाबु गाउँपालिका र युनिसेफको साझेदारिमा सन्चालित उक्त कार्यक्रमको बिस लाख बयालिस हजार बजेटमा यो कार्यक्रम संञ्चालन भइरहेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी बुढाले आफू स्वास्थ रहन र बच्चा( बच्चीको स्तरपान गराउनको लागि पोसिली खाना र सरसफाइमा ध्यान दिनुपर्छ भन्ने कुरा जानकारी गराएकी थिइन। कार्यक्रमको सहजीकरण पोषण संयोजक डिल कुमारी रोकायले गरेकी थिइन। त्यस्तै कार्यक्रमको औपचारिक सन्चालन अर्जुन शाहीले गरेका थिए भने कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष एवम् महाबु गाउँपालिका वडा न ४ का वडा अध्यक्ष देब बहादुर शाहिले गरेका थिए।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest