महिलालाई सम्मान गर्ने सिर्जना

Tuesday, June 26th, 2018

सिर्जना सिंह योञ्जन,

समाजसेवी

समाजमा सकारात्मक परिर्वतन भएको हेर्नेचाहना सवैको हुन्छ । समाजका हरेक क्रियाकलापमा सरिक हुने महिला उच्च पदमा पुगेको हेर्ने त झन् सवैको चाहना हुन्छ । घरदेखि समाज र राष्ट्रसम्म सबल, सक्षम बनाउन अहंम भूमिका खेल्ने महिलाकाबारे चर्चा कमैमात्र भएको अवस्थामा आफ्नो क्षेत्रबाट सकारात्मक परिवर्तन चाहने र परिर्वतन गर्न खोज्ने महिलालाई पनि सम्मानका साथै उनीहरुलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्तित्व हुन् सिर्जना सिंह योन्जन ।

जसले विगत लामो वर्षदेखि सामाजिक अभियान्ता महिला पुरुष वा महिला समुहहरुलाई सम्मान गर्दै आएकी छिन् । गरे के हँुदैन भन्ने एक उदाहरण हुन्, सिर्जन सिंह योञ्जन । समाजको सानो कुरालाई पनि आफ्नो किस्सा बनाउने र सानो ठाँउबाट सानो प्रयासले नै समाज र देश रुपान्तरणमा सहयोग पुग्छ भन्ने सोच राखेर आफू सँगसँगै पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका महिला तथा सामाजको सकारात्मक
परिवर्तनमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने व्यक्तित्व हुन् योञ्जन । महिला सशक्तीकरणमा लागेका मानिसलाई सहि स्थानसम्म पु¥याउने माध्यम बन्न नवदेवी अवार्डको सुरुवात गरेको बताउने योञ्जन आफूमात्र नभइ सिंगो समाजलाई नै सकारात्मक दिशामा लिएर हिँड्ने कोसिस गरेका व्यक्तित्वलाई सम्मान गर्दैआएकी छिन् । हालसम्म १२४ जना महिला ६ वटा महिला समूह र ७ जना साउथ एशियन महिला र ८ जना पुरुषलाई सम्मान गरिसकेकी छिन् उनले । बढ्दो आधुनिकीकरणसँगै भित्रिएका विभिन्न वैज्ञानिक यन्त्र तथा उपकरणहरुको प्रयोग गरेर मानिसहरु अघि बढ्ने प्रयत्न गरिरहेका हुन्छन् । सामाजिक कार्य गर्न विभिन्न संघ संस्थाको स्थापनासमेत भएका छन् । वास्तवमा सामाजिक कार्य त्यत्ति सजिलो छैन ।
नेपाल जस्तो देश स्रोत र साधनको प्रचुर सम्भावना बोकेको भए पनि सम्भावना सम्भावनामामात्रै सीमित रहेका छन् । विभिन्न एनजीओ र आइएनजीओमार्फत समाज र देश विकासमा धेरै महिला तथा व्यक्तिहरु लागेका छन् । उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सम्मानसमेत पाएका छन् ।

२०५८ सालदेखि उनको संस्थाले सेलिब्रेटिङ् वीथ नवदेवी सम्मान भनेर ९ वटा देवीको नाममा नौ जना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ, जसका परिकल्पनाकार हुन् योन्जन । योञ्जनले सामाजिक अभियान्ता, सानो ठाउँ वा परिवेशमा रहेर पनि समाजलाई ठूलो योगदान पु¥याउँदै आएका महिला पुरुषलाई सम्मान प्रदान गर्दै आएकी छिन् । आफ्नो निजी पहलमा सुरु गरेको यो अभियानमा उनी हालसम्म पनि एक्लै छिन् । उनले विगत लामो समयदेखि दिएको योगदानको सम्मान नेपालको कुनै पक्षले पनि गरेको छैन । तर बेलायतको लिभलपुल जोन मो युनिभर्सिटीमा करिकुलनै तयार भइसकेको छ । नेपालका विभिन्न भागमा रहेका महिला तथा पुरुषले साँच्चै नै फिल्डमा रहेर गाउँ ठाउँमा रहेर समाज परिर्वतन गर्न सफल भएका व्यक्तित्वको कथा बेलायतको यूनिभर्सिटीमा पढाइ हुने भएको छ । सामाजिक, प्रशासनिक, खेलका क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई चिनाउने काम गरेको छ उक्त कार्यक्रमले र उनको पहल सफल भएको छ अहिले आएर ।

युकेस्थित लिभलपुल जोन मो युनिभर्सिटीको समाज शास्त्र विभागकी डा. सेरा पार्करसँग उनको कुरा भएको थियो । पद्यमकन्या क्याम्पसमा जेन्डर विषयको अध्यापन गराउन सहयोग गरेका सेरासँगको भेटपछि सेरालाई आफूसँग भएका केही महिला सशक्तीकरणमा अघि बढेका नेपाली व्यक्तित्वहरुको नामलिष्ट देखाइन् र उनले पनि आफ्नो रायमात्र दिइनन्, फिल्डमै बसेर काम गरेर साँच्चै परिर्वतन ल्याएका व्यक्तित्वको आवश्यकता परेको हो वा शहरकेन्द्रित महिला नेता चाहिएको हो भनेर उनले गरेको प्रश्नले सेरालाई सोच्न बाध्य बनाएछ । उनले बेलायत गएर योञ्जनले सम्मान गरेका ५० जना जतिका नाम लिस्ट र उनीहरुको काम माग गरेपछि उनले नेपालबाट पठाइदिइन् । हाल ती मध्ये २५ जनाको कथा बेलायतको यूनिभर्सिटीमा पढाउने तयारी पूरा भइसकेको छ ।

फेशन डिजाईनर भएर पैसा कमाउन सुरु गरेकी उनी समाजसेवामा आएकोमा कुनै दुःखेसो नभएको बताउँछिन्, यति मात्र गुनासो छ कि उनले सबैको तयारी गर्दा पनि सरकार तथा गैरसरकारी पक्षले कामको प्रशंसा गर्नुको साटो नाक खुम्च्याएकोमा । उनी भन्छिन्–वेलायतको युनिभर्सिटीको पाठ्यक्रममा हामीले तयार पारेका विषय वस्तुलाई राखियो । पद्मकन्या क्याम्पसमा पनि त्यसलाई राख्न हामीले जोड ग¥यौ तर राख्न नमिल्ने जवाफ आयो । सवै तयारी अवस्थामा भए पछि नेपालका विश्व विद्यालयहरुले हामीलाई एकपटक सोध्नुपर्ने थियो भन्ने लाग्छ उनलाई ।

महिलालाई जति हिंसा गरे पनि उनीहरुमा आफूमात्र होइन, अरुलाई पनि  सकारात्मक रुपमा अगाडि लैजाने शक्ति छ भन्ने उनको धारणा छ । प्रभाव भएका महिला र अरुलाई सकारात्मक प्रभाव पारेका महिलाबीचको अन्तरका कारण महिलाहरु अघि बढ्न नसकेको उनी बताउँछिन् । सुरुमा महिला हुनुमा गर्व गरौं भन्ने सोचका साथ सम्मान सुरु गरेको उनको मिसनले धेरै व्यक्तित्वलाई सम्मान गरिसकेको छ । सम्मानित व्यक्तिहरुको पहिलाभन्दा पछिको जीवनशैली र उनीहरुको काममा प्रभावकारी बनाउन सफल भएको उनको भनाइ छ ।

एउटा महिला भएर यस्तो कार्य गर्दा उनलाई धेरै असहजता नआएको भने होइन । समाजसेवा जस्तो गैरनाफामूलक संस्था भएपनि उनलाई यसैमा रस बस्दै गयो । उनी भन्छिन्– महिला सशक्तिकरणको मूलधारमै सवै भौगोलिक सामाजिक आर्थिक सांस्कृतिक तथा विविध कार्य क्षेत्रका महिलाहरु अटाउनुपर्छ उनीहरुको कर्म र योगदानलाई स्थान दिनुपर्छ भन्ने मान्यताका साथ सेलिब्रेटिङ् वुमनहुड नवदेवी सम्मान अगाडि बढाएका हौं ।
प्रस्तुति ः कृष्णा चौलागाईं

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest