अब महिलाले सन्तान नजन्माउने निर्णय गर्नुपर्छ

Tuesday, August 28th, 2018

  • जानुका ढकाल

निर्मला पन्तको बलात्कार र हत्याले कन्चनपुर बलिरहेको बेला महोत्तरीमा ९ महिनाकी बच्चीको हत्या भयो । बच्चीलाई बलात्कार पछि घाँटी थिचेर हत्या गरेको कुरा बाहिर आइरहेको छ तर आधिकारिक रिपोर्ट भने आउन बाँकी छ । केहि महिना अगाडि नवलपरासिमा आफ्नै बाबुले आमा नभएको मौका पारेर ६ महिनाकी बच्चीको बलात्कार गर्यो भन्ने समाचार आयो र रिपोर्टले पनि बलात्कार भएको नै देखायो । अहिले दिन दिनै छोरीहरु बलात्कृत हुँदैछन् मारिदैछन् । हरेक आमाहरुको मन रोएको छ, बिशेष गरी छोरी हुने आमाहरु हरेक समय त्रसित भएर बस्न बाध्य भएका छन् । यी समाचारहरु हेर्दा कोहि पनि आमाले छोरी जन्माउन चाहदैनन । भ्रुण हत्यालाई गैरकानूनी हो भन्दै आवाज उठाउने हामी जस्ता महिलाहरुले अब सन्तान नजन्माइ बाझै बस्ने निर्णय गर्ने अवस्था आएको छ । यदि जन्माएको सन्तान छोरी भएकै कारण अनाहकमा दर्दनाक मृत्युवरण गर्न बाध्य हुन्छन् भने त्यो भन्दा आफ्नो कोख रित्तो राख्न नै बेस यहि सोच्न थालेका छन् महिलाहरु ।

सरकारले एउटी निर्मला पन्त हत्याको बिरोधमा यति धेरै दबाबमा पनि हत्यारा पत्ता लगाउन सकिरहेको छैन भने यस्ता बालिकाको हत्यारा पत्ता लगाएर कडा कारबाहि गर्छ भन्ने अवस्था छैन । हत्यारालाई फाँसी हुनुपर्छ भन्दा पनि कन्चनपुरमा मानसिक सन्तुलन गुमाएको लाई दोषि बनाएर उभ्याए जस्तै यहाँ कैयौ निर्दोष पर्दैनन् भन्न सकिन्न । यदि कन्चनपुर वासिले बिरोध नगरेको भए हत्यारा यहि हो भनेर पत्याइदिएको भए आज त्यो निर्दोषले सजाय भोग्दै हुन्थ्यो । राष्ट्रपति महिला भएको देशमा दिनदिनै छोरीहरु बलात्कृत हुनु र मारिनु बिश्वकै अगाडि लाजमर्दो कुरा हो । हामीले गर्व गर्ने ठाउँ कतै कहि रहेन । स्थाइ सरकारले आफ्नो नागरिकको सुरक्षाको लागि केहि गर्ला भन्ने आश पनि अब हराउदै गएको छ । ओरेकका अनुशार एक महिनामा ४३ जना महिला तथा किशोरि बलात्कृत भएका छन् । त्यसमा पनि १८ बर्ष भन्दा मुनिका बालिका बलत्कृत हुने संख्या बढी छ भने पछिल्लो अवस्थालाई हेर्दा अवोध बालिकाहरुलाई बलात्कार गर्ने र हत्या गर्ने प्रबृति बढेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest