महिलाहरुको लागि भिटामिन र तिनका श्रोतहरु

Friday, September 13th, 2019


 
महिलाहरूका लागि भिटामिनहरु अति नै आवश्यक चिज हो । हाम्रो सम्पूर्ण स्वास्थ्यको लागि, तथा रोगहरुबाट बच्नका लागी भिटामिन अति नै महत्वपूर्ण हुन्छ । धेरै महिलाहरु आफ्नो दैनिक भोजनमा भिटामिनयुक्त खानेकुरा समावेश गर्दछन् भने कतिपय चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्दछन् । रोग लागिसके पछि चिकित्सकको सल्लाह अनुसार वा औषधीको रुपमा भिटामिनको प्रयोग गर्नु भन्दा आफ्नो नियमित खानपिनमा विभिन्न भिटामिनयुक्त खाना खाएमा शरीरमा ती भिटामिनहरुको पूर्ति हुनुको साथै रोग लाग्नबाट पनि बच्न सकिन्छ । अमेरिका स्थित एउटा रोग नियन्त्रण केन्द्रका अनुसार भिटामिनमा सुक्ष्म पोशक तत्वहरु तथा खनिज पदार्थ पाइन्छ, जुन महिलाको लागि हार्मोन, तन्तु, रक्त कोशिकाको वृद्धि विकासमा मद्दत पुर्याउँछ ।
भिटामिन तथा त्यसका कार्यहरु र खाद्य पदार्थहरु
भिटामिन ए ः
भिटामिन ए आँखा ,छाला, नडस, हाड, तन्तु आदि को लागि महत्वपूर्ण भुमिका प्रदान गर्दछ । गाजर, फर्सी, मेवा, आरु, खुर्पानी आदिमा भिटामिन ए प्रसस्त मात्रामा पाइने हुँदा यस्ता फलफूल खाने गर्नु पर्दछ ।
भिटामिन वि १ (थाइमिन) ः
यस भिटामिनले शरीरको मेटाबोलिजमको साथै चिल्लो पदार्थलाई शक्तिमा परिणत गर्दछ । यसको स्रोत चिल्लोरहित मासु, बदाम, बिउहरु, ओट्स, चोकर सहितको पिठो, विभिन्न अन्नहरु आदि हुन् ।
भिटामिन वि २ (राइबोफ्लाबिन) ः
यो भिटामिनले रोगहरु सँग लड्ने शक्ति तथा अरु रोगबाट सुरक्षा प्रदान गर्छ । यसको श्रोतहरु . दूध तथा दूधका परिकार, हरियो सागपात आदि हुन् ।
भिटामिन बि ३ (नाइसिन) ः यो भिटामिनले मुटु तथा धमनीहरुलाई बचाउने काम गर्दछ । यो भिटामिन गेडागुडी, दाल, माछा, अण्डा आदिमा पाइन्छ ।
भिटामिन वि ५ (पान्टोथेनिक एसिड) ः
यसले हार्मोन उत्पादन गरेर रोग सँग लड्ने शक्ति प्रदान गर्छ साथै शक्तिको सञ्चालन गर्छ । ब्रोकाउली, सखरखण्ड, चक्लेटहरुमा यो भिटमिन पाइन्छ ।
भिटामिन वि ६ (बायोटिन) ः
यसले मेटाबोलिज्मको साथै छाला, कपाल, तन्तुलाइ चाहिने हार्मोन उत्पादन गर्दछ ।
भिटामिन वि ९( फोलिक एसिड) ः
यो भिटामिनले यसले स्नायू प्रणालीलाई नियमित कार्य गर्न सहयोग पु¥याउँदछ । रहरको दाल, भटमास, मुसुरो, अमिलो फलफूल सन्तला, मौसम तथा केरा, ओट्स आदिमा यो भिटामिन पाइन्छ ।
भिटामिन वि १२ (कोबालामाइन) ः
यसले रातो रक्त कोशिका, स्नायु ग्रान्थीलाई स्वस्थ राख्ने काम गर्दछ । समुन्द्री माछा, गङ्गटो, अण्डा, दूध, आदिमा यो भिटामिन पाइन्छ ।
भिटामिन सि ः
यसले शरीरको तन्तु , छालाको सुरक्षासम्बन्धी तन्तु उत्पादन गर्ने काम गर्दछ । अमला , सुन्तला, कागती, अमिलो फलफूलमा भिटामिन सि प्रशस्त मात्रामा पाइन्छ ।
भिटामिन डि ः
यसले हाडलाइ बलियो बनाउनुको साथै सम्पूर्ण रोग प्रतिरोधात्मक कृयाालाइ संचालन गर्ने काम गरिन्छ । दुध, माछा, भटमास,अण्डा, चिज, ओखर, बदाम आदि भिटामिन डि का प्रचुर श्रोतहरु हुन् ।
भिटामिन के ः
यो भिटामिन पनि हाम्रो शरीरको लागि अत्यावश्यक भिटामिन हो । यो भिटामिनले रगत बग्नबाट बचाउँछ भने रक्त संचालन क्रियामा रगतको मात्रा मिलाउँछ, हाड बलियो बनाउँछ, जेष्ठ नागरिकहरुमा स्मरण शक्ति प्रदान गर्दछ, मुटु तथा पक्षघातबाट बचाउँछ । तरुल पालुङ्गो, सोयाविन, अंगुर उसिनेको अण्डामा यो भिटामिन पाइन्छ ।
भिटामिन ई ः
यो भिटामिनले भिटामिन के को काममा सहयोगीको भूमिका निर्वाह गर्नुको साथै मुटु रोग, कलेजोको रोग, पक्षघात, एलर्जी, विस्मृतिबाट जोगाउनुको साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धिको काम समेत गर्दछ । यो भिटामिन अन्डा, ड्राई फ्रट्स, बदाम, ओखर, सुर्यमुखीको बीउ, हरियो पत्तेदार तरकारी, सकरखण्ड, तोरी, सलगम, एवोकाडो, ब्रोकाउली, आँप, मकै आदिमा पाइन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest