महिला उद्यमी प्रबद्र्धन सुमधुर साँझ सम्पन्न

Monday, October 1st, 2018

 

नेपाल उद्योग बाणिज्य महासंघ, महिला उद्यम बिकास समितिले महिला उद्यमीहरुको बिकास, विस्तार एवं प्रबद्र्धनका लागि बिभिन्न कार्य गर्दै आएको र यसै सन्दर्भमा समितिले असोज १३ गते शनिवारका दिन महिला उद्यमीहरुको प्रबद्र्धनका लागि बिद्यमान परिस्थितिमा देखा परेका प्रमुख बिषयबस्तु एवं मुद्धाहरु र ती बिषयहरुको समाधानका लागि हुनुपर्ने व्यावस्थाबारे सरोकारवाला सबै पक्षहरुको सहभागितामा कार्यशाला गोष्ठी आयोजना गरेको थियो भने दोस्रो संस्करणमा महिला उद्यमीहरुको सहयोगार्थ सुमधुर साँझको आयोजना गरेको थियो ।

साँझको कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम भएको थियो । नेपालका ख्यातिप्राप्त कलाकार गायिका कुन्ति मोक्तान, गायक संगीतकार बिनोद पछाई, गायिका सिन्धु मल्ल, गायक राजनराज शिवाकोटि लगायतले गीत प्रस्तुत गरेका थिए भने कुमारी नृत्य, मन्जु श्री नृत्यका साथै अकल्प बुटिककी एलिना श्रेष्ठका डिजाइन र सभा नेपालका डिजाइनमा मोडलहरुले नेपाली ढाका प्रयोग गरेर बनाइएका डिजाइनहरु समेत प्रर्दशनी गरेका थिए । रुकमिनी बास्कोटा, रेजल रोकाय, मुस्कान वाग्ले, साधना शाही ठकुरी, रश्मि पराजुली लगायत बाह्र जना मोडल र्याम्पमा उत्रेका थिए भने विपास्ना खनालको कोरियोग्राफि रहेको थियो ।

कार्यक्रमलाइ मेघा बैंकले मुख्य प्रायोजन गरेको थियो भने कन्चनजंघा चिया, शिखर शूज, मंगलदीप धुप, भिएलसिसि, आस्था वेरी, युनिलिभर, रागा, लगायतले कार्यक्रमलाई सहयोग पुर्याएका थिए । साँझ ६ बजे शुरु भएको कार्यक्रम ९ बजे सम्म चलेको थियो । कार्यक्रममा नेपाल अधिराज्यभरिका उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest