महिला उद्यमी प्रबद्र्धन सुमधुर साँझ

Monday, September 17th, 2018

 


नेपाल उद्योग बाणिज्य महासंघ, महिला उद्यम बिकास समितिले महिला उद्यमीहरुको बिकास, विस्तार एवं प्रबद्र्धनका लागि बिभिन्न कार्य गर्दै आएको र यसै सन्दर्भमा समितिले असोज १३ गते शनिवारका दिन महिला उद्यमीहरुको प्रबद्र्धनका लागि बिद्यमान परिस्थितिमा देखा परेका प्रमुख बिषयबस्तु एवं मुद्धाहरु र ती बिषयहरुको समाधानका लागि हुनुपर्ने व्यावस्थाबारे सरोकारवाला सबै पक्षहरुको सहभागितामा कार्यशाला गोष्ठी आयोजना गर्ने र सोही दिन साँझ महिला उद्यमीहरुका लागि विभिन्न प्रवद्र्धनात्मक कार्य एवं कार्यक्रमहरुको लागि श्रोत जुटाउने उदेश्यले मनोरन्जनात्मक कार्यक्रम महिला उद्यमी प्रबद्र्धन सुमधुर साँझ आयोजना गर्ने कार्य रहेको छ ।

कार्यशाला गोष्ठीमा सम्बन्धित बिषयका बिशेषज्ञहरुबाट प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । देशभरिका उद्यमी महिलाहरुको सहभागिता हुने उक्त कार्यक्रममा सम्पूर्ण उद्यमीहरुलाई सहभागि हुनको लागि महिला उद्यम बिकास समितिका सभापति कमला श्रेष्ठले आव्हान गरेकी छन् भने कार्यक्रमलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने कार्यक्रम संयोजक राज्यलक्ष्मी शाक्यले जानकारी दिइन् ।

(देउडा गायक यज्ञराज उपाध्यायको प्रेमकहानी पनि हेर्नुहोस)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest