महिला ट्रेकिङ्ग गाइडको तालिम हुने

Wednesday, May 9th, 2018

-हरिराम पौडेल
ट्रेकिङ्ग भन्ने वित्तिकै हामी साहसी र पुरुषले मात्र गर्न सक्ने काम वा पेशाको रुपमा बुझ्ने गर्दछौ । पछिल्लो समय महिलाहरु हरेक क्षेत्रमा अगाडी बढे झैं ट्रेकिङ्ग क्षेत्रमा पनि उल्लेखनीय रुपमा महिलाको सहभागिता रहने गरेको छ । ट्रेकिङ्ग नयाँ अनुभव संगाल्ने, नयाँ ठाउँ घुम्न र देख्न पाइने, राम्रो कमाई हुने मनोरञ्जनात्मक पेशा हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले विगत केहि वर्ष देखि महिला ट्रेकिङ्ग गाइडको तालिम संचालन गर्दै आइरहेको छ । हाल सम्म चार चरणमा १२० जना महिलाले तालिम लिएर यो क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक उत्तम बावु भट्टराईले बताए ।
उक्त प्रतिष्ठानले आगामी जेठ ६ गते देखि ५ औं चरणको तालिम संचालन गर्ने जनाएको छ । ५ हप्ते तालिम कार्यक्रममा २६ दिन सैद्धान्तिक र ९ दिन पर्यटकीय क्षेत्रमा नै पुगेर ९ दिनको प्रयोगात्मक ट्रेकिङ्ग तलिम हुने पनि निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए ।
एस.एल.सी वा सो सरह उत्तीर्ण वा कम्तिमा तीन वर्षको ट्रेकिङ्गको अनुभव भएका महिलाहरुले जेठ २ गते सम्म तालिमको लागी आवेदन दिन सक्नेछन् । प्रशिक्षणमा सफल प्रशिक्षर्थीले ट्रेकिङ्ग गाइडको योग्यता हासिल गरि सरकारी स्तरको लाइसेन्स प्राप्त गर्नेछन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest