धनु गिरी ,
कपिलवस्तु ः जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई उनकै सहकर्मि प्रहरी जवान २१ वर्षीय भरत वलीले वबरजस्ती करणी गर्न खोजेको आरोपमा परहरिले उक्राउ गरेको छ । । गएको असोज २० गते राति १० बजे महिला प्रहरिमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान वलीले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना एक साता अघिको भए पनि अहिलेसम्म प्रहरीले घटनालाई गोप्य राखिएको थियो ।
जबरजस्ती करणीको प्रयास गरेको आरोप खेपेका प्रहरी जवान वली अहिले निलम्बनमा प्रहरी हिरासतमा रहेको प्रहरी नायव उपरीक्ष रवि रावलले बताएका छन । प्रहरी नियन्त्रणमा रहेका प्रहरी जवान वलीलाई असोज २२ गते जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्धा अन्तर्गत अनुसन्धानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको छ । पीडित महिला प्रहरीका श्रीमानले जवरजस्ती करणी उद्योगको मुद्धा अन्तर्गत प्रहरी जवान वली विरुद्ध किटानी जाहेरी दिए पछि मुद्धा प्रक्रिया अघि बढेको हो ।राति करीब १० बजेको समयमा आफ्नै कोठा अगाडिबाट आफूलाई जबरजस्ती करणीको प्रयास गर्न खोज्दा आफूले प्रतिकार गरेर बचेको महिला प्रहरीले बताउनु भएको छ । महिला प्रहरीको प्रतिकार पछि वली त्यहाँबाट फरार भएका थिए ।