महिला बेचबिखनमा संलग्न दुई पक्राउ

Tuesday, December 18th, 2018

महिला बचेबिखनमा संलग्न दुई व्यक्ति पक्राउमा परेका छन् । महिला बेचबिखनमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । महिला बेचबिखनको आरोपमा नवलपरासी पूर्वको गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जिवन बिकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ गरिएका दुवै जनामाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्ष वीरेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका १ को सीमा महेशपुरबाट माईती नेपालको सहयोगमा दुई महिलाको उद्धार गरिएको छ । उनीहरुले दिएको जाहेरीको आधारमा बोटे र बिकलाई पक्राउ गरिएको हो । उनीहरुले ती महिलालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन पारेर भारतमा बेचबिखनका लागि लैजान लागेका बेला माईती नेपालको टोलीले उद्धार गरेको हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest