महिला स्वास्थ्यकर्मीमाथि डिउटी आवरमै हातपात

Thursday, December 27th, 2018

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टरमा कार्यरत अनमी उषा केसीमाथि हातपात भएको छ । रात्रीकालिन सिफ्टमा डिउटीमा रहेकी केसीको कुटपिटबाट बायाँ हात समेत भाँचिएको छ । मंगलबार राती करिब ११ बजे स्थानीय मोहबुज मुसलमानले स्वास्थ्य चौकीको ढोका फोरेर आफूमाथि हातपात गरेको केसीले बताइन् । मुसलमानले आफूमाथि गलत नियतले व्यवहार गर्दै आएको भन्दै ३्४ दिन अघि नै वडा अध्यक्ष रामेश्वर बर्मालाई जानकारी गराएको भए पनि वडा अध्यक्षले आफ्नो कुरा गम्भीर रुपमा नलिएका कारण यस्तो हिंसात्मक घटना घटाएको उनले बताइन् ।

अबेर राती ढोका ढक्ढकाएको आवाज आएपछि आफूले वडा अध्यक्षलाई फोन गरी खबर गरेको भए पनि करिब आधा घण्टापछि मात्रै स्थानीय र अध्यक्ष आएको उनले बताइन् । शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार प्रदर्शन गरेको विरोध जुलुस । केसीलाई कुटपिट गरी फरार रहेका मुसलमानलाई थुन्हियाको बनढिहवाबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पीडित पक्षको जाहेरीका आधारमा कानून बमोजिम कारबाही गरिने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यता अनमी केसीमाथि भएको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार विरोध जनाएका छन् । कर्मचारीले वडा नं। ५ को सभाहलमा विरोधसभाको आयोजना गरी कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने भन्दै पीडकलाई कानुन बमोजिम कारवाही हुनु पर्ने माग गरेका छन् ।थुन्हिया स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टर अर्को व्यवस्था नहुन्जेलसम्म बन्द रहने र सम्पूर्ण प्राविधीकलाई चनई स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने शिवराज स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest