महेन्दनगर तनावग्रस्त, वास्तविक दोषीलाई पक्राउ गर्न माग

Wednesday, August 22nd, 2018

बालिका बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पक्राउ नपरेको भन्दै आन्दोलनकारीले आज पनि कञ्चनपुरमा आन्दोलन जारी राखेका छन् । महेन्द्रनगरका व्यापारी नै हिजोदेखि पसल बन्द गरेर आन्दोलनमा सहभागी भएका कारण महेन्द्रनगर बजार ठप्प छ । आन्दोलनमा स्थानीय, व्यापारी, अधिकारकर्मी, विद्यार्थी लगायत सहभागी छन् । आन्दोलनका कारण यातायात पनि चल्न सकेको छैन । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकाका वास्तविक हत्यारालाई लुकाउन खोजेको भन्दै स्थानीय र अधिकारकर्मीले ६ दिनदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा रिले अनसर गरिरहेका छन् ।

प्रहरी प्रशासनको लापरवाहीका कारण दोषीको पहिचान हुन नसेको भन्दै आक्रोसित भीडले आज बिहान जिल्ला प्रशासन कार्यालयको गेटमा टायर बालेर ढुंगा बर्साउन थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले ११ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । आन्दोलनकारीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न समेत माग गरेका छन् । प्रहरीले घटना भएको २६ दिनपछि सोमबार हत्या अभियोगमा ४१ वर्षका केशब बिष्टलाई पक्राउ गरि सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई दोषी देखाएर सार्वजनिक गरेको भन्दै उनीहरुले मंगलबार दिनभर पनि आन्दोलन गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest