मह सेवनका फाइदा

Monday, August 20th, 2018

महको प्रयोग हजारौँ वर्षदेखि गरिँदै आएको छ । मह खान स्वादिष्ट छ नै, आयुर्वेदिक औषधिमा समेत यसको प्रयोग हुने गर्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ ।

– नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ ।
– मह खानाले रुघाखोकीको समस्या अन्त्य हुन्छ ।
– घाँटीसम्बन्धी विभिन्न समस्यासमेत समाधान गर्छ ।
– नियमित मह खानाले मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।
– महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।
– स्टामीना तथा फर्टिलिटी बढाउन महको सेवन राम्रो मानिन्छ ।
– मह खाने मानिसलाई भरपूर निद्रा लाग्ने गर्छ ।
– चोटपटक तथा घाउ ठीक गर्नसमेत महले फाइदा गर्छ ।
– छाला तथा कपालको स्वास्थ्यका लागिसमेत यो महत्वपूर्ण छ ।
– कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्छ ।
– अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest