माघ महिनाको मासिक राशिफल

Thursday, January 24th, 2019

प्रेमप्रसाद पराजुली
वास्तुविद्ध ज्योतिषाचार्य
मेष
स्वस्थ्यमा समस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनु होला, व्यापारमा घाटा आउन सक्छ । ससुराली तथा मावलीको तर्फबाट नोक्सानी हुनेछ, मनमा चोट पुग्ने कुरा सुन्नुपर्ला शैक्षिक क्षेत्रको लागी लगानी व्यर्थ जाने देखिन्छ । दाजुभाईको कारण समाजमा प्रशंसा हुनेछ । जग्गा जमिनको खरिद बिक्रीको लागी भने समय उत्तम रहेको छ । यो महिनाका लागी शुभ अंक, ८ रगं रातो पश्चिम दिशा शुभ ॐ परमेश्वराय नम ः मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
वृष
निर्णय अभावका कारण कार्यमा बिलम्ब हुनसक्छ । सामाजिक कार्यमा सहभागी हुनुका साथै, यात्रामा कठिनाइ आउने छ । मानसिक थकान साथै आर्थिक नोक्सानी हुने छ । सन्तान सुख मिल्नेछ । स्वास्थ्यमा समस्या बेला बेलामा देखिनेछ । कला साहित्यमा प्रगति तथा रोकिएका कामहरु बन्ने देखिन्छ । शुभ अकं ३, शुभ रङ्ग मिश्रित पुर्वदिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा शिवको मन्दिरमा जल चढाउदा राम्रो हुनेछ ।
मिथुन
शैक्षिक क्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुनसक्छ । सन्तान सुख तथा श्रीमान श्रीमती बिच मतभेद हुनुका साथै सामाजिक कार्यले आर्थिक नोक्सानी निम्ताउने छ । धार्मिक कार्यको लागी समय उत्तम रहेको छ । छिमेकी संग सहयोग तथा सल्लाह मिल्ने छ । यो महिनाका लागी शुभ अंक ६ पंहेलो रगं पश्चिम दिशा शुभ ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ ।
कर्कट
प्रतिस्पर्धाबाटनै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा, मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन्, यात्रामा केहि समस्या आउन सक्छ । नयाँ कामको सुरुवात तथा बिनाकारण परिश्रम गर्ने अवस्था आउन सक्छ । यो महिनाका लागी शुभ अंक १ शुभ रगं हरियो पश्चिमदिशा शुभ ॐ की्र क्रीं क्रीं स्वाहः मन्त्र जप तथा चना दान गर्दा राम्रो हुनेछ ।
सिंह
पैत्रिक सम्पत्तिमा विवाद हुनुका साथै शैक्षिक प्रगतिको समय आएको छ । स्वास्थ्यमा सुधार , बैदेशिक यात्रा हुने, योजनाहरु बन्दै जानेछन्, दाम्पत्य जिवनमा भने तनाव आउन सक्छ । जागिरबाट असन्तुष्टी हुनुका साथै साथीभाईको सहयोग मिल्नेछ । यो महिनाका लागी शुभअंक १, शुभ रगं हल्का रातो पुर्वदिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा गौमातालाइ भोजन गराउदा राम्रो हुनेछ ।
कन्या
सोचेअनुसारको फलमिल्ने छ । नयाँ कार्यको सुरुवात हुनुकासाथै इष्टमित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार तथा रमाइलो यात्रा हुने छ । परिवारबाट अपमान हुने हुँदा होसियारीका साथ काम गर्नु होला, व्यापारमा विबाद आउन सक्छ । शैक्षिक स्तरमा सफलता एवं वैदेशिक कार्यबाट लाभमिल्ला । शुभ अकं ९ शुभ रगंनिलो, दिशा पुर्व ॐ ह्रीं ॐ नमः मन्त्र जप तथा फलफुल भोजन गराउदा राम्रो हुनेछ ।
तुला
कृषिकार्यमा सफलता मिल्नेछ । शत्रुपक्षबाट होसियार हुनुहोला, ।आर्थिक संकटको सामना गर्नु पर्ला, सामाजिक कार्यबाट असन्तुष्टी हुनुपर्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । कडा परिश्रमले मात्र जिम्बेवारीका कामहरु बन्नेछन् । यो महिनाका लागी शुभ अंक १, रंग रातो, पुर्वदिशा शुभ ॐ रुद्राय नमः मन्त्र जप तथा कालो बस्त्र दान एवं साधुसन्तहरुलाइ भोजन गराउदा राम्रो हुनेछ ।
वृश्चिक
मानसिक द्विविधा बढ्ने छ । व्यापारमा कम आम्दानी हुनेछ । वोलिको प्रभाव बढेर जाने छ । जागिरमा सन्तोष मिल्ने छैन् । झुटा आरोप आइलाग्ने छ । पारिवारिक कलह एवं प्रेममा सफलता मिल्ने छ । धार्मिक कार्य तथा मान सम्मानका कार्यहरु प्रसस्त हुनेछ । शुभअकं, ७, सेतो रंग, पश्चिम शुभ ॐ सोमाय नमः मन्त्र जप तथा असक्तहरुलाइ भोजन गराउदा राम्रो हुनेछ ।
धनु
आर्थिक कारोवारमा वाधा आउने छ । आफन्तमा मनमुटाव बेला बेलामा हुनेछ । दाम्पत्य जीवन दुखदायि हुने छ । सामाजिक कार्यमा व्यस्तहुनुपर्ने छ । यात्रामा खर्च तथा विध्न बाधाहरु आउने छन् । शुभ अंक ५ शुभ रंग रातो, खैरो शुभ दिशा पूर्व ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
मकर
दाम्पत्य जीवनमा भैm झगडा आउने छ । कामहरु प्रशस्त आएतापनि कार्यान्यन हुने छैन् । व्यापार,व्यवसायबाट नोकसानी शैक्षिकक्षेत्रमा अवरोधआउने छ । सन्तानको लागी खर्च बढि हुनेछ । शुभ अकं ३ शुभ रंग हल्का निलो शुभ दिशा दक्षिण ॐ शिवाय नमः जप तथा हरियो बस्त्र दान गर्दा राम्रो हुनेछ ।
कुम्भ

आकस्मिक धन मिल्नेछ । रमाइलोयात्रा एवं अपरिचित व्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । राजनीतिमा खासैराम्रो छैन् । ठुलाठुला व्यक्तिहरुको संगत तथा मानप्रतिष्टा मिल्ने छ । शुभ अंक, ५ शुभ रंग पंहेलो, शुभदिशा पश्चिम ॐ पिताम्बराय नमः मन्त्र जप तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।
मीन
साथीभाइहरुको सहयोग मिल्न समय लाग्नेछ । पराक्रम तथा कार्यमा सफलता मिलनुका साथै प्रसंसा मिल्ने छ । परिवारको लागी खर्च गर्नु पर्ने छ । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्ने तथा अवरोध पनि दिन सक्ने छन् । शुभ अंक, ६ शुभ रंग सेतो, शुभ दिशा पश्चिम ॐ गंगाधराय नमः मन्त्र जप तथा सेतो वस्त्र दान गर्दा शुभ हुनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest