मातातिर्थ औशीमा ,आमालाई कसरी सम्झनु भयो ?

Saturday, April 25th, 2020

यसपालि २०७७ सालको मातातिर्थ औशी महामारीको बिचमा एक रमाइलो क्षणसग बिताए एक महिनासम्मको लकडाउन पछि पहिलोचोटि सबै कुरालाई बिर्सेर आमाको मुख हेर्ने दिन रमाइलो भयो ।अरु दिनको लकडाउनले अल्छि बनाएको जिवन सबैलाई आमाको मुख हेर्ने दिनले सबै बिर्सेर सकारात्मक बनायो ।बिहान सबेरै उठेर नुहाइधुवाइ ,पुजाआजा सकेर आमाको मुखहेर्ने विशेष दिनको लागि म तयार भए ।हरेक वर्ष मलाई आमाको मुख हेर्ने दिन विशेष लाग्छ ,तर यसपालि अझ बढी विशेष लाग्यो ।
८६ वर्षको सासुआमालाइ मुख हेर्ने कार्यक्रम गरी आशीर्वाद लिए ।त्यसपछि मेरो छोरा र छोरीले मलाई विशेष रुपमा सप्राइज दिए ।हरेक दिन हरेक क्षण आमा र सन्तानको माया कहिल्यै कम हुदैन ,यसकी बाबजुद पनि मातातिर्थ औशीमा आमा र सन्तान बिचको मायालाइ एउटा उत्सवको रुपमा मनाइन्छ ,त्यो अतिनै अमुल्य छ ।हुन त मैले मेरो जन्म दिने आमालाई दिनहुुँ भेट्छु र हामी सङ्गै धेरै भन्दा धेरै अमुल्य समय पनि बिताउछौ ।यसमा म आफुलाइ सबैभन्दा बढी सौभाग्य ठान्दछु किन भने मेरो जन्मघर र कर्मघर एकदमै नजिक छ ।लकडाउनको कारण अझ बढी आमासँग समय बिताउन पाएतापनि आमाको मुख हेर्ने दिन मलाई बेग्लै महसुस भयो ।राम्रो लुगा लगाएर,सजिएर,दहि मिठाइ ,फलफुल र खानेकुरा खुवाएर ‘खै त ममि ?आज हजुरको मुख देखाइस्यो न त’ भनेर जिस्किदै मुख हेरे ।तेसरी नै ममिबाट पनि आशिर्वाद र दक्षिणा पाए ।
म भगवानसग यहि पुकार गर्छु कि यसरी नै हरेक वर्ष मातातिर्थ औशीको दिनमा मैले आफ्नो ममिलाइ विशेषरुपमा मुख हेर्न पाइराखु र आशिर्वाद पाइराखौ यरी नै आमा र सन्तान बिचको माया र प्रेमलाई मातातिर्थ औशीको दिनमा उत्सबको रुपमा मनाउन पाइराखौ ।

कुमुद भट्ट

शिक्षासेवी,कृतिपुर,काठमाडौं

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । महिले पनि सदाको वर्ष झै यसपाली पनि बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गरि , मिष्ठान्न भोजन खुवाई श्रद्रापुर्वक आमाको मुख हेरि आशिर्वाद दिए।विशेष त आमालाई घरको काम सघाएर माता तिर्थ औसी मनाइयो ।लकडाउनले गर्दा सब परिवार घरमा जम्मा भएको हुदा माया स्नेह र सदभाब, सम्मान आशिर्वाद आदानप्रदान संगै गर्ने अबसरको रुपमा रह्यो ।पुराना क्षणहरुको कुरा गर्दा आमासंग विताएका हरेक क्षण अविष्मरणीयनै हुन्छन ।चाहे आमाले गल्ती गर्दा यसो नगर है छोरी तेस्तो गर्नुहुदैन भन्ने त सायद मेरी आमा मात्र होइनन होला हरेक आमाले भन्ने गर्छीन। सायद आमासंग धेरैजसो संगै हुनेभएर होला खासै तेस्तो छुटै खालको क्षण अहिले सम्झनामा छैन ।
देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहरु पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन गर्दै कोहि आमाहरु बृदा आश्रम जान नपरोस कोहि आमा बुबाहरु छोरा छोरी बाट बेसहारा दिन बिताउन नपरोस् यश धर्ती जननी सम्पुर्ण आमाहरुमा सिर निहुराएर कोटि कोटि नमन गर्द्छु ।

देवकी पौडेल,

अध्यक्ष सकारात्मक प्रेरणा अभियान नेपाल
थार्के गाउँपालिका २, धादिङ

गएका वर्षहरु जस्तो यो पालीको मातातिर्थ औंशी रमाइलो भएन यो लकडाउन को कारण । विहान उठ्ने बित्तिकै आमासंग आशिर्बाद लिईयो ।आमा संगको हर पल रमाइलै हुन्छ्, खास गरी वाल्यकाल ।आमा संग नेपाल बाहिर घुम्न गएको पलहरु चैं अझै याद आउककछ ।
अविष्मरणीय क्षण
म सानो हुँदादेखी गाउने धेरै चाहना थ्यो र रेडियो तिर बालगीत गाउँथे प्राय । तेही ताका नेपालको पहिलो रियालिटी सो हुने भो प्रतिभाको डबली भनेर । जस्लाई शम्भुजित बास्कोटा र मह संचार मिलेर प्रस्तुत गर्न लागेका थिए । तेस्को अडिसन को लागि म आमा सँग मह (संचारको माइतिघर को अफिस मा पुगेको थिए तर मदन दाई हरी दाई को अनुहार देख्ने बितिकै हास्दा हास्दा उह अगाडी नै पर्न सक्नु भएन।

एन्जेला सिंह श्रेष्ठ,गायिका
काठमाडौ ।

यसपकट मातातिर्थ औंशी लकडाउन को समयमा पर्यो । अगिल्ला वर्ष प्रायःआमासंग भेटेरै मनाउने गरेको पर्व हो तर यसपटक आमा संग भेट्ने संयोग जुरेन ।विहान उठेपछी छोरीले ‘मदर्स डे’ हो भन्दै मलाई शुभकामना दिईन। सधैं झै नित्य कर्म पछी मैले आमालाई फोन गरेँ र लामो कुराकानी गरेँ । आमाले पनि हजुरआमा लाई फोन गर्न बाकी नै रहेछ, मोबाईलमा ब्यालेन्स घटेको रहेछ, त्यसपछी आमाको मोबाईल रिचार्ज गरेँ, अनी हजुरआमा संग पालै पालो कुरा गर्यौँ । आजसम्म मैले आमाको मोबाईलमा रिचार्ज गर्नु परेको थिएन, यही मेरो पहिलो अनुभव हो।

अबेरसम्म बिदेश रहेका बैनी हरुले पनि फोन गरिरहे, लकडाउन ले पारेको असरको बारेमा कुराकानी गर्दागर्दै साँझ पर्यो, यो वर्षको मातातिर्थ औँशीको दिन सकिएर रात सुरुभो।साँझ उही रुटिन,उही नियमित जिन्दगी, उही भातभान्छो उही भाँडाकुँडा गरेर मातातिर्थ औँशीको रात पनि सकियो।

डिविसा शर्मा
ब्युटिसियन

आमाको बारेमा जति बोल्यो उति कम हुन्छ, आमाको ममता स्नेह प्रेमको वर्णन गर्न त्यति सरल छैन। तैपनि मेरो लागि आमा मेरो जीवन दातृ हुन् पहिलो साथी, गुरु हुन्, एउटी आमा हर सन्तानको सुरक्षा कवच हुन् ,आफ्नो सन्ततिको सत् चरीत्र र सुसंस्कारकि निर्मात्री हुन् आमा, त्याग र बलिदानकि खानी हुन किनभने आफ्नो सन्तानको मिठो निद्राको लागि आफ्ना कयौं अनिँदो रातहरु जागेरै बिताएकी हुन्छिन् ।मेरो लागि मेरी आमा सिंगो संसार हुन् ,जीवित देवी हुन् सबैको भाग्यमा आमाको साथ लेखेको हुँदैन तर आमाको याद आजिवन सधैं मनको कुनै एक कुनामा रहेको हुन्छ ।

विपना संगम श्रीजु

विद्यार्थी,फाकुम्बा गाउँपालिका ९, ताप्लेजुङ

 

 

 

प्रस्तुती:चक्र प्रसाद पोख्रेल

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest