मातृ तथा प्रजनन स्वास्थ्यप्रति संवेदनशील हुन महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

Wednesday, June 3rd, 2020

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातृ तथा प्रजनन स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने ७ बुँदे निर्णय गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

बन्दाबन्दीको बेला गर्भवती तथा सुत्केरीहरूको मृत्यु हुने दर बढेको तर गर्भवतीले स्वास्थ्य जाँच गर्न समेत नपाएको भन्दै मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
महिला सशक्तिकरण महाशाखाका सहसचिव मनमायाँ भट्टराई पंगेनीद्वारा हस्ताक्षरित परिपत्रमा अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सुत्केरी हुन आएकाहरूलाई प्राथमिकतामा राखी सुत्केरी गराउने तथा सुत्केरीपछि जोखिममा रहेकालाई प्राथमिकताका साथ उपचार गर्ने, गर्भवतीहरुलाई नियमित स्वास्थ्य जाँच, खोप सेवा उपलब्ध गराउने, गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्ने सहज पहुँचको व्यवस्था गर्न तथा आपतकालीन अवस्थाका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्न भनिएको छ ।

गर्भवतीको नियमित स्वास्थ्य जाँच, खोप सेवा, आइरन चक्की वितरण लगायतका सेवाहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्थाहरूमा समेत नियमित उपलब्ध गराउन, आइसोलेसन र क्वारेन्टाइनमा बसेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विशिष्टिकृत आवश्यक सेवा उपलब्ध गराउन, बालबालिकालाई नियमित खोपसेवाबाट वञ्चित नगर्न भनिएको छ । परिवार नियोजनका साधनहरूको अभाव भएको तथा पहुँचमा नहुने अवस्था भएकाले स्थानीय सबै स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराउनुपर्ने निर्णय पनि गरिएको छ ।

बन्दाबन्दी यस्ता अत्यावश्यक सेवा खुला रहने बारे आमसंचारको माध्यमबाट प्रचाररप्रसार गर्ने व्यावस्था मिलाउन पनि मन्त्री गुरुङले आग्रह गरेका छन् ।

  

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest