मापदण्ड विपरित स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनी कारबाहीमा

Saturday, September 12th, 2020

 

 

औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बिषक्त केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको छ । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, हाइजिन सोप एण्ड केमिकल प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स छन् । यसैगरी भक्तपुरको नेपाल कायाकल्प उद्योग रहेका छन् ।
औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित‘, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’ ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको छ । विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न पाइँदैन ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest