माया विकको हत्या आशंकामा २ जना पक्राउ

Sunday, July 1st, 2018

 

किरण चालिसे ,
ललितपुर ःकैलालीको गौरीगंगा नगरपालिका ११ कटानीकी माया विकको हत्या आशंकामा संगै काम गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विक यही असार १२ गते वेपत्ता भएकी थिइन ।करिब २ हप्ता पहिले नगरपालिकाको डाटा संकलनमा काम गर्ने गरेकी उनी कामकै सिलसिलामा घरबाट निस्कदा वेपत्ता बनेकी थिइन । वेपत्ता बनेकी विकलाइ खोजि गरिपाउँ भन्दै १४ गते विकका परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खोजबिनका क्रममा १५ गते चिपुर सामुदायिक बनमा सडेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए ।घिमिरेका अनुसार विकको शव कुहिएको अवस्थामा फेला परेकाले पोष्र्टमार्टममा समस्या भएको छ । अहिले हत्या गरिएको हो भन्न नसकिने भए पनि शव हेर्दा हत्या भएको हुन सक्ने उनले बताए ।अहिले विकसँगै काम गर्ने २ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest