मालिका मावि बाँसीमा ताला,प्रअको मनपरी ,विद्यार्थीको भविष्यमाथी खेलवाड

Monday, February 3rd, 2020


चक्र प्रसाद पोख्रेल
काठमाडौ –दैलेखको महाँबु गाउपालिका ३ बाँसीमा रहेको मालिका माविमा शिक्षकहरुले विद्यालयमा ताला लगाएकाछन । आइतबार विद्यालयमा शिक्षक अभिवावकसंघको बैठकमा प्रधानाध्यापक रामबहादुर बुढाले स्टाफ मिटिङ राख्ने क्रममा आफुले बोलाएका बाहेक शिक्षकलाई बस्न नदिएपछी विवाद शुरु भएको गाउँपालिकाकी उप प्रमुख प्रेम कुमारी बुढाले बताईन ।उनले भनिन हामी शिक्षा शाखाका व्याक्तीलाई समेत बैठकमा बस्न नदिएर प्रअ रामबहादुर बुढाले एकलौटी गरेको बताइन र केहि व्याक्तीहरुले आफुमाथिनै हातपात गरेको उनले जानकारी दिइन ।प्रअ राम बहादुर बुढाले विद्यालयका विभिन्न क्रियाकलापमा आफु निकट शिक्षकहरुमात्रै प्रतिनिधित्व गर्नुपर्ने भन्दै अन्य शिक्षहरुमाथि द्वन्द्व सिर्जना गरेको आरोप अन्य शिक्षकहरुले लगाएका छन् ।
सोही विवादका बारेमा छलफलका लागि आइतबार गाउँपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख मनराज शाहीसहितको स्टाफ मिटिङ्ग बसेको थियो । ‘प्रअले आफुनिकट निर्णय गर्नका लागि गाउँपालिकाका उपाध्यक्ष, वडाअध्यक्षलाई समेत बैठकमा पस्न दिएनन् । विद्यालयका एक शिक्षकले भने ।हाल विद्यालय व्यवस्थापन समितिको सदस्यमा आफु निकटका शिक्षक प्रतिनिधि हुनुपर्ने भन्दै अन्य शिक्षकहरुमाथी प्रअ बुढाले विभिन्न अपमानजनक व्यवहार देखाइरहेको उनलाई आरोप लागेको छ । प्रधानाध्यापक बुढा शिक्षक संगठनका हुन् ।
प्रअ बुढाले शिक्षकको असहमतिमै राजनीतिक दम्भका आडमा शिक्षक मनबहादुर बुढालाई विद्यालय व्यावस्थापन समितिमा मनोनित गर्न सिफारिस गर्न लागेपछि अन्य शिक्षकहरुले असहमति जनाएका थिए । अन्य शिक्षकहरुले विद्यालयका शिक्षक भद्रबहादुर नेपालीलाई सिफरिस गरिनुपर्ने माग राख्दै आएका थिए । उनिहरुले यसअघि शिक्षक संगठनकै शिक्षकहरुले प्रतिनिधित्व गर्ने गरेकोले यसपटक आफुहरुलाई दिन पटक–पटक आग्रह गर्दै आएका थिए । तर सहमति हुन सकेको थिएन ।

शिक्षा शाखाका निमित्त प्रमुख शाहीले भने ‘बैठक चलिरहेकै समयमा शिक्षक मन बहादुर बुढाकी श्रीती माला मल्लसहितका स्थानीय महिलाले शिक्षकहरुमाथी हातपात गरि अभद्र व्यवहार गरिन् ।
‘ती महिलाले शिक्षक भद्र नेपाली, भरत विष्ट, शिव प्रसाद उपाध्याय र खगेन्द्र दाहालमाथि चप्पल समेत प्रहार गरिन् ।’ विद्यालयका शिक्षकले भने, ‘भद्र नेपालीलाई उनले दलित भन्दै अपशब्द बोलिन् ।’‘आफुहरुमाथि यस्तो अपमान भएपछि विद्यालयका ९ जना शिक्षकहरु जिल्ला प्रशासन कार्यालय दैलेखमा उजुरी दर्ता गएकाछन ।’ शिक्षक बनेर राजनीति गर्नेहरुलाई छानविन गरि कार्वाही नगरे विद्यालय नफर्किने उनिहरुको भनाई छ ।
निमित्त प्रमुख शाहीले शिक्षक प्रतिनिधीका सन्दर्भमा शिक्षकहरुबीच राजनीतिक लडाई भएको पुष्टि गरे । उनका अनुसार शिक्षक संघका शिक्षकहरुले एकपटकका लागि पालो आफुहरुलाई दिन माग गरेपनि शिक्षक संगठनका शिक्षकहरुले सहमति नगरि संघ र संगठनका शिक्षकहरुबीच बहुमतका आधारमा संगठनकातर्फबाट बुढालाई सहमत गरिएको थियो । निमित्त प्रमुख शाहीले भने, ‘बुढालाई समर्थन गर्ने संगठनका ४ जना शिक्षकले समर्थन फिर्ता लिएको भन्दै गाउँपालिकामा उजुरी दिएका थिए ।’
शाहीका अनुसार बुढाले शिक्षकको हकहितमा बोल्नुको सट्टा उल्टै गालीगलौज गरेको भन्दै उनका समर्थनमा रहेका शिक्षकहरुले सहमति फिर्ता लिएका हुन् ।
निमित्त प्रमुख शाहीले भने, ‘यहाँका संगठनका शिक्षकहरुबीचमै सहमति फिर्ता लिनुपर्ने अवस्था सिर्जना गरेकोले प्रधानाध्यापकले उनिहरुमाथी राजनीति गर्न खोजेको देखिन्छ ।’
गत मंसिर ११ गते विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरुको भेला बसेको थियो । सोही भेलाबाट ७ जना विद्यालय ख्यावस्थापनकालागि उम्मेद्वार छनौट भएका थिए । छनौट पछि ६ जनाको सहमति भएको भन्दै गत पुस ४ गते कम्लेश बुढालाई अध्यक्ष चयन भएको घोषणा गरिएको थियो । उम्मेद्वार हेमा विष्टको असहमतिमै बुढा अध्यक्ष बनेका थिए ।
विष्टले भनिन्, ‘उनिहरुले ६ जनाको सहमति भइसकेकोले हाम्रो बहुमत छ । तपाई अल्पमतमा पर्नुहुन्छ भन्दै कम्लेशलाई अध्यक्ष बनाएका हुन् ।’
यता विद्यालयका प्रअ बुढाले आफुले राजनीतिक तवरबाट कोहीकसैलाई त्यस्तो कुनै व्यवहार नगरेको बताए छन् । ‘बैठक चलिरहेकै अवस्थामा माला मल्लले शिक्षकहरुमाथी अभद्र व्यवहार गरेकै हुन् ।’ उनले भने, ‘उनिसहित स्थानीय चन्द्र बहादुर शाही, मन्दिर सिहं बुढा, कर्णबहादुर शाही, चक्र बहादुर बुढा, चेतन जैसी लगायतका स्थानीयले बैठकमा हस्तक्षेप गरि बैठक अवरोध गरेका थिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest