मिटु अभियान बारे आयो यस्तो धारणा

Friday, December 14th, 2018

जुनु रिजाल काफ्ले, गायिका
चौतर्फीरुपमा घटेका घटना यसरी अगाडि आउनु सकारात्मक हो । लुकेर रहेका घटनाहरु एका एक बाहिर आउनु वा आफूमाथि घटेको हिंसात्मक घटनाका विषयमा खुलेर बोल्नाले आगामी दिनमा हुनसक्ने घटनाको विषयमा अगाडि नै चनाखो बन्नसकिन्छ र यस्तो अभियानबाट साना माछामात्र होइन, ठुला माछा पनि समातिन सक्छन् । अब यो मि टु अभियानको कुरा गरी रहँदा कहिँ कतै पुरुष साथीहरु पनि हिंसामा परेको कुराहरु सुनिएका छन् । यो अभियान महिलाको लागिमात्र नभएर महिला पुरुष दुवैको अधिकार र सहजताका साथ काम गर्ने वातावरण निर्माणका लागि हो भन्ने कुरा सबैले बुझ्नुपर्छ । अर्को कुरा, यो अभियानले समाजमा भएका घटनामा आफ्नो बेइज्जत हुने डरले अपराधी लुकाईरहनु भएका व्यक्तिलाईसमेत बोल्न बाध्य गराउँछ । त्यसका लागि नियमक निकाय बलियो र कटिबद्ध भएर लाग्नुपर्छ ।
भुपेन्द्रबहादुर भण्डारी, पत्रकार
हरेक दिन कोही न कोही महिला पुरुषबाट कुनै न कुनै तवरबाट दुव्र्यवहारमा परेका हुन्छन् । बलात्कारमात्र महिलामाथिको दूव्र्यवहार होइन, कोही पुरुषले गलत तरिकाले कोही महिलाको प्रशंसा गर्छ र जसका कारण महिलालाई असहज महसुस हुन्छ भने त्यो पनि महिलामाथिको दूव्र्यवहार नै हो । तसर्थ, पुरुषबाट महिला विभिन्न तरिकाबाट दूव्र्यवहारमा परिरहेका हुन्छन् । जुन सहजै पत्याउन र कसैलाई भन्न अप्ठ्यारो हुन्छ । त्यस्ता दूव्र्यवहारलाई सामाजिक सञ्जालमार्फत सबैसामु ल्याउने शसक्त माध्ययम हो, यो अभियान । जसका कारण महिलामाथि हुने दूव्र्यवहारमा कमी आउनसक्छ । प्रायः पुरुष महिलालाई त्यतिबेलासम्म दूव्र्यवहार गर्छन्, जतिबेलासम्म उसको दूव्र्यवहार अरुले थाहा पाएका छैनन् भन्ने उसलाई लागेको हुन्छ । यो अभियानले समाजमा महिलामाथि हुने साना साना दूव्र्यवहारलाई पनि सबै सामु ल्याउने भएकोले पीडक त्यस्ता कार्य गर्न निरुत्साहित हुन्छ । त्यसैले मलाई यो अभियान निकै राम्रो लागेको छ तर यो अभियान कुनै एक अभियान्ताको मात्र होइन, न त यो जो दूव्र्यवहारमा पर्ने पीडितको मात्र हो । यो सम्पूर्ण मानिसको साझा अभियान हो । यो एक अपराधमुक्त समाज निर्माणका लागि पहरेदारसमेत बन्न सक्छ ।
जमुना खड्का, व्यवसायी
महिलामाथि भएको चरम हिंसाको घटनामा अगाडि आएर बोल्ने यो मिटु अभियान निकै राम्रो अभियान हो । सबैको सुरक्षित स्थल मानिने घरमासमेत पछिल्ला दिनमा महिलाहरु असुरक्षित बन्दै गइरहेको बेला यो अभियानले समाजलाई सकारात्मक दिशातर्फ केन्द्रित गर्छ । अन्य देशमा जस्तै नेपालमा पनि मि टु को पारदर्शिता कायम भएमा झन राम्रो हुन्थ्यो । यस्ता अभियानले हिंसा गर्ने व्यक्तिमा कमी आएर हरेक छोरीहरुलाई सहजतासाथ बाटोमा हिड्न, कार्यालयमा काम गर्ने वातावरण सिर्जना हुने थियो । हुन त पछिल्ला समयमा महिलामात्र होइनन्, पुरुष पनि हिंसाको शिकार बनेका छन् । यो अभियानले महिलालाईमात्र नभएर पुरुष पनि हिंसित भएर बस्नुपर्ने मक निकायलाई पनि सहयोग पु¥याउने यो अभियान निकै राम्रो अभियान हो ।स्थिती आउने छैन । यो अभियानले समस्यामात्र बाहिर ल्याउँदैन, समाधानको वाटोसमेत पहिल्याउने छ । निय
कमला उप्रेती, समाजसेवी
विदेशी मुलुकबाट नेपालमा प्रवेश पाएको यो अभियान एकदम सकारात्मक अभियान हो । यसलाई हामीले स्वागत गर्नैपर्छ । महिलाहरु केही होइनन्, यिनीहरुले जे गर्दा पनि हुन्छ भन्ने दासताको मानसिकता बोेकेका मानिसलाई यस अभियानले केही हदसम्म पछाडि जान दबाब दिन्छ नै तर महिलाले यस अभियानलाई कत्तिको साथ दिन्छन्, त्यसमै भर पर्छ । रोजगारी तथा अन्य कारण घरदेखि बाहिर बस्नुपर्ने बाध्यता भएका महिलाको बाध्यताको फाइदा उठाई मानिसले विभिन्न किसिमको हिंसा र हिंसाजन्य व्यवहार देखाइरहेको भए पनि यस्तो अभियानकै कारण पछि हट्न बाध्य हुन्छन् । केही समयअघिसम्म बलात्कार भएका महिलाले आफू बलात्कार भएको वा आफू हिंसामा परेको भन्ने वातावरण थिएन । यस्तो अभियानकै कारण कुनै पनि छोरी चेलीले अपराध सहेर बस्नुपर्ने बातावरण नहुनका लागि मि टु अभियान लागिपरेको छ । तसर्थ, मि टु अभियानको सही सदुपयोग भएमा निकै राम्रो अभियान हो ।

टीका भण्डारी, संगीतकार तथा सञ्चारकर्मी
यौन हिंसालाई निरुत्साहित गर्न यस्तो अभियानले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विश्वव्यापी रुपमा आएको यस्तो मि टु अभियानको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । महिलाहरु अरुले हिंसात्मक घटना जस्तो पीडा दिएर जीवनभर पीडित भइरहेका हुन्छन् । त्यस्तो पीडालाई बाहिर ल्याएर पीडितलाई कानुनी कठघरामा ल्याउनु स्वागतयोग्य कुरा हो, जुन असहज जस्तै बनेको थियो । यो मि टु अभियानले सहज बनाएको छ । यस्तो हुँदा पीडितले न्याय पाउने अवस्था हुन्छ तर कहिलेकाहीँ सस्तो लोकप्रियताका लागि कसैले कसैलाई आरोप लगाउँदा सत्य तथ्यको छानविन नगरी कारबाही गर्न खोज्दा निर्दोष व्यक्तिमाथि अन्याय पुग्ने सम्भावना पनि हुन्छ । कपोकल्पित घटना आउन सक्छन् । त्यस्तो अवस्थामा अभियानका सञ्चालक, अभियान्ता तथा नियमक निकायले ध्यान दिनुपर्छ ।
सीताराम थापा, सामाजिक अभियान्ता
दैनिक जघन्य अपराध बलत्कार, यौनहिंसा, बाल तथा हाडनाता बलात्कारको आसय करणीमा बढोत्तरी भएको छ । अदालतमा पहिले जमिनको मुद्धा हट्दै, यस्तै प्रकृतिका यौन, यौनजन्य हिंसा, छोडपत्र, अंश मुद्धाहरु आउनुको मुख्य कारण समाज हिंसात्मक स्वरुप ग्रहण गर्दैछ । बिषेशत महिला हिंसा, आधुनिक उपभोक्ताबादी संस्कृति बिज्ञापन, फेसन, प्रदर्शन, सुन्दरी प्रतियोगिता, संस्कृतकर्मी, हिरोईन, डान्सबार र श्रब्य दृष्य, संचार सबै सबैले महिला हिंसालाई पश्रय दिइरहेको छ भने परापूर्ब कालदेखि बोक्सी, बालबिवाहजस्ता हिंसा जनस्तरमा कायम भएको संचार माध्यामबाट दैनिक प्रवाह भएका छन् । सबैको साझा हिंसामुक्त समाज निर्माणका लागि नीति निर्माणदेखि मुलुकी ऐनमा परिवर्तन र विभिन्न अभियान संचालन गर्ने पर्यत्न जारी छ । यस्तो हिंसाबिरुद्ध संचार माध्यम तथा सामाजिक संजालबाट दैनिक मि टु अभियानका प्रयास भएका छन् । सामाजिक संजाल र अनलाईनबाटै सूचना सम्प्रेसण हुने, सामाजिक संजालबाट बेईज्जत हुने गरी गरिएको त्रासदीले हिंसामा कमी आउने तथ्य र सत्य लोकप्रिय बन्दै गएको छ । बलात्कार र यौनजन्य घटनामा महिला नेतृ, सामाजिक अभियन्ता, स्वयं स्वतस्फूर्तरुपमा हिंसाबिरुद्ध लडिरहेका छन् । यसबारेमा मि टु अभियान संचार माध्याम र सामाजिक संजालमा धारा प्रवाहरुपमा महिला अभियान्ताद्वारा स्वयंम बाहिर प्रकट हुँदा हिंसात्मक पीडक र पुरुषप्रधान समाजको मथिंगल हल्लाउन सहयोगसिद्ध भएको छ । यो असरल्लै हुने हिंसालाई रोकथाम गर्न छिटो छरितो र प्रभाबकारी माध्याम बन्न सकेको छ । हिंसामुक्त समाज निर्माणको महान उचाईमा पुग्न अझै हामी पीडितदेखि सचेत नागरिकले मि टु अभियान संचालन गरी समाजिक संजाल तथा संचारमार्फत सार्बजनिकरण गरौं ।

प्रस्तुति ः कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest