मिडियाको प्रभाव र प्रभावकारिता सम्वन्धी अभिमुखिकरण तालिम सम्पन्न

Tuesday, December 25th, 2018

मिडियाको प्रभाव र प्रभावकारिता सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । मिडिया प्रभावकारिता र प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । इनर ह्विल डिस्ट्रिक ३५० कि प्रिसिडेन्ट कमला महर्जन सुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संचारकर्मी दिपक लामिछाने तथा संचारकर्मी तथा कानून व्यवसायी स्वागत नेपालले सहजिकरण गरेका थिए ।

लामिछानेले वर्तमान समयमा मिडियाको अवस्था, यसको प्रभाव र प्रयोगको बारेमा जानकारी गराएका थिए भने स्वागत नेपालले पत्रकारिताको वर्तमान आचारसंहिता तथा मिडियाले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

इनर ह्विल क्लव अफ कीर्तिपुर कि प्रिसिडेण्ट राज्यलक्ष्मी बैदारको सभापतित्वमा सम्पन्न उक्त अभिमुखिकरण तालिममा २० जनाको सहभागिता रहेको थियो । तालिमको प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि सुवालले व्यक्ति, पद र संस्थामा आवद्ध सबैका लागी यो महत्वपूर्ण तालिम रहेको र यो तालिम पश्चात आफ्नो सामाजिक जीवनशैलीमा परिवर्तन गर्न मद्धत पुग्ने बताइन् । सामाजिक संजाल र मिडिया अहिलेको महत्वपूर्ण पाटो भएकोले यो तालिम प्रभावकारी रहने मर्निङ ग्लोरी इन्टरटेनमेन्ट कि कार्यकारी निर्देशक, इनरह्विल क्लव अफ कीर्तिपुर कि सदस्य तथा अभिमुखिकरण तालिम कार्यक्रम कि संयोजक मोहना क्षेत्रीले बताइन् ।

मिडियाले हाम्रो दैनिक जीवनमा प्रभाव पारिरहेको बताउँदै प्रशिक्षार्थी तथा इनरह्विल क्लव अफ कीर्तिपुर कि सदस्य डा। मीरा शाहले मिडियाको समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका रहने बताइन् । आफ्नै क्लवले यस्तो प्रभावकारी कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै क्लवका यस्ता गतिविधिहरु आगामी दिनमा समेत निरन्तर रहनेमा विश्वस्त रहेको बताइन् । अभिमुखिकरण तालिममा विभिन्न इनरह्विल क्लवका प्रिसिडेन्ट, सदस्यहरु, विभिन्न विद्यालयका प्रिन्सिपल, संघ संस्थाका अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest