मिसेस हङ्कङ मा पविता

Wednesday, May 16th, 2018

काठमाडौँ – नेपाली महिला संघको आयोजनामा आयोजना भएको मिसेस हङ्कङ्को उपाधि पविता राईले पाउन सफल भएकी छन् । विवाहित महिलाको सौन्दर्य सम्बन्धि प्रतियोगीता ‘मिसेस हङ्कङ्’को शिर्ष उपाधि पविता पुमा राईले पाएकी हुन् । हङकङमा आयोजना गरेको उक्त प्रतियोगीतामा १० प्रतिस्पर्धिलाई पछि पार्दै शिर्ष उपाधि पाउन सफल भएकी हुन् ।

याउमा तेई स्थित कम्युनिटी हलमा आयोजित प्रतियोगितामा प्रतिस्पर्धीहरु कल्चरल, साडी, गाउन राउण्डमा प्रस्तुत भएका थिए । २ राउण्डमा सम्पन्न प्रतियोगितामा पहिलो राउण्डबाट ७ जना छनौट भएका थिए । प्रतियोगितामा सावित्रा ईङ्नाम र अनिता तामाङ क्रमश फस्ट रनरअप र सेकेण्ट रनरअप भए । पूर्व मिस नेपाल सुगरिका केसी र मोडल तथा अभिनेता बिनोद बस्नेतको कोरियोग्राफी रहेको प्रतियोगितमा कविता गुरुङ, बसन्ती केली पुन, युगल पोमो, लोकेन्द्र आङबुहाङ्, भूमिका गुरुङ निर्णायकको भुमिकामा थिए ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest