मिस्टर एण्ड मिस टिन २०७५को उपाधि सन्तोष र मोनिकालाई

Wednesday, June 13th, 2018

धनु गिरी,
बुटवल: दोश्रो मिस्टर एण्ड मिस टिन २०७५ को दोस्रो संस्करणको कार्यक्रम बुटवलमा सम्पन्न भएको छ जसको उपाधि सन्तोष सुनार र मोनिका बगाले मगरले हात पारेका छन । आयोजकले विजेताहरु मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बरबेरी फेशन एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. र लियो क्लब अफ बुटवल मणिमुकुन्दको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको फस्ट रनर अप को उपाधि सन्दिप थापा बर्षा सेन ठकुरीले जिते भने सेकेण्ड रनर अपको उपाधि जिसन मिया र खुशी थापाले जितेका छन। फाइनल उपाधिका लागि मिस्टर तर्फ ५ जना किशोरवीच प्रतिस्पर्धा भएको थियो भने मिसतर्फ १२ जना किशोरीहरुबीच प्रतिस्पर्धा भएको थियो ।त्यस्तै बेस्ट फोटोजेनिकको उपाधि अमित श्रेष्ठ र गंगा थापाले हात पारे भने मल्टी मिडिया अवार्ड जिसन मिया र मोनिका बगाले, बेस्ट वाकको उपाधि सन्तोष सुनार र मोनिकाले नै हात पारेका छन । मोस्ट ट्यालेन्टको उपाधि रोशन शाह र सुरभी श्रेष्ठ ले जिते भने मोस्ट डिस्सिप्लिनको उपाधि समेत सुरभी श्रेष्ठले जितेका छन ।त्यस्तै भ्यूअर्स चोइस तर्फ जिसन मिया र दिक्षा थापा छनौट भए भने मोस्ट कन्फीडेन्टतर्फ सन्दिप थापा र सपना सिंजाली छनौट भए । त्यस्तै मोस्ट एक्टिवमा र शोसियल वेलफेयर एम्बासडरमा सुप्रिया न्यौपाने र आसमा तिवारी छनौट भए ।
कार्यक्रममा बोल्दै आयोजक बरबेरी फेसनकी प्रवन्ध निर्देशक एलिजा तुलाधरले यस प्रतियोगिताबाट विजेता र उप–विजेतालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका व्यूटी तथा ट्यालेन्ट प्रतियोगितामा सहभागी गराइने बताईन। अर्को आयोजक लियो क्लव अफ बुटवल मणिमुकुन्दका अध्यक्ष मदनले स्थानीय किशोर किशोरीको प्रतिभालाई उजागर गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए ।प्रतियोगितामा डा.दिक्पाल कार्की, स्वामी सुभाषचन्द्र, जिनस लामा, अन्जु श्रेष्ठ ले निर्णायकको भूमिका निभाएका थिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest