मिस एण्ड मिस्टर टिन लुम्विनी २०७५ सिजन २ बुटवलमा हुदै

Sunday, June 3rd, 2018

चक्र प्रसाद पोख्रेल
बुटवल ः बरबरी फेसनले लियो क्लव अफ बुटवल मणि मुकुन्दसँग सहकार्य गरेर मिस्टर एण्ड मिस टिन लुम्विनी २०७५ सिजन २ को आयोजना गरेको छ ।जसको तालिम बुटवलमा धमाधम भइरहेको छ । १० जना महिला प्रतियोगी र ५ जना पुरूष प्रतियोगीहरुको सहभागिता रहेको छ । २५ दिनको कड़ा परिश्रम पंछि जेष्ठ २६ गते फÞाइनल राउण्ड हुनेछ । बरबरी फेसनले छुट्टै नयाँ तथा बलियो टीम लिएर आफÞ्नो फेशन सो र आफÞ्नै ब्रान्डको लुगा उत्पादन गर्दै आएको छ । सम्पूर्ण प्रतियोगीहरूको फÞोटो सुट र इन्टरनेश्नल भिडियो ओशो जीवन स्प्रिच्यूल भिलेजको आसपास एरियामा गरिएको हो भने फोटो सुट राज एक्सोग्राफी बाट राजेश राउतले गरेका हुन् । भिंडियों सुट कन्टीन्यूज प्रोडक्सनबाट रूपेश महतले गरेका छन् । अहिले सम्म एक दर्जन भन्दा बड़ी फÞेशन सो गरिसकेको बरबरीले अब एक क्षेत्रमा मात्र नभएर नेपाल भरी मैं फÞेशन सो गर्नको लागि दुई कम्पनी नेपाल फेसन स्टूडियो र ओम म्युजिक स्टुडियो सँग कÞुरा भैसकेको छ । फाईनल जेष्ठ २६ गते हुने कुरा बरबरी फेसन डिजाइनकी सिइओ एलिजा तुलाधरले बताएकी छन् । यो क्षेत्रमा महिला भएर कामगर्न एकदम गार्हो छ तर हामी नयाँ जोश लिएर यो क्षेत्रमा छुट्टै संस्कार बनाउदै छौ भन्छीन बरबरी फेसनकी अन्जु श्रेष्ठ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest