मिस काभ्रे २०१८ कि विजेता रुविलाले ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै

Monday, October 15th, 2018

 

रुकु वास्कोटा

काठमाण्डौ ः मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन् ।मिस काभ्रे २०१८ कि विजेता रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने छन ।शनिबार बनेपामा सम्पन्न मिस काभ्रेको दशौं संस्करणको उपाधी रुविला श्रेष्ठले जितेकी हुन् । मिस काभ्रे २०१८ को प्रतिस्पर्धामा रुविलाले उपाधीको साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट ट्यालेन्टको सब टाइटल समेत जितिन् ।मिस काभ्रेको दशौं संस्करणमा प्रियंका पाठकले दोश्रो स्थानको साथमा मोस्ट इनर्जे्टिक पनि हात पारिन् । त्यसैगरी तेश्रो स्थानमा परेकि रिचा न्यौपानेले भ्युअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार समेत जितिन् । उपाधी विजेतालाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजु र श्रीषा वैदार फैजुले ताज पहिर्याइ दिए । विजेता साथै उप विजेताहरुलाई पनि मिस काभ्रे २०१५ का फस्ट रनर अप प्रशंम्सा मानन्धर, २०१६ का फस्ट रनर अप लजना नकर्मी र २०१७ का सेकेन्ड रनर अप पूनम नापीतको साथमा हब इन्टरनेशनल एजुकेसनका सरीता खड्का, उद्धव खड्का लगायतले गिफ्ट ह्याम्परहरु पनि प्रदान गरे ।
कार्यक्रममा मिस काभ्रेको एक दशक पुरा भएको अवसरमा केक पनि काटिएको थियो । रेडियन्टका संस्थापक, संरक्षक केशवप्रसाद फैजु, फाउन्डर डाइरेक्टर राज फैजु र कार्यकारी निर्देशक श्रीषा वैदार फैजुले केक काटेका थिए । सन् २००९ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको यस सौन्दर्य प्रतियोगीतालाई काभ्रेको प्रतिष्ठित प्रतियोगीताको रुपमा लिइन्छ ।प्रतिस्पर्धामा सुस्मिता मानन्धरले पर्सनालिटि, अनुषा गुरुङले मोस्ट सिन्सियर, सदिक्षा श्रेष्ठले मोस्ट डिसिप्लिन, सबिना तामाङले पंच्युआलिटि, रोजी कपालीले फोटोजेनिक, विनिता गुरुङले बेस्ट डान्सर, प्रभा खड्काले बेस्ट वाल्कको सब टाइटल जितिन् ।

अडिसनबाट छानिएका १० जना प्रतिस्पर्धीबीच फाइनल स्पर्धा भएको थियो । निर्णायक मण्डलले प्रदान गरेको अंकको आधारमा विजेता छानिएको थियो । निर्णायक मण्डलमा चलचित्रकर्मी नवल खड्का, गायिका सत्यकला राई, संचारकर्मी बिराजकाजी राजोपाध्याय, हब इन्टरनेशनल एजुकेशनका सरिता खड्का र संचारकर्मी निलिमा मास्के श्रेष्ठ सम्मिलित थिए ।कार्यक्रम रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको थियो भने कोरीयोग्राफी रेडियन्टका फाउन्डर डाइरेक्टर कोरीयोग्राफर राज फैजुले गरेका थिए । त्यसैगरी फेसन डिजाइनर श्रीषा वैदार फैजुको डिजाइन रहेको थियो । कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेशनले प्रायोजन गरेको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest