मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सी अग्रवालको पोल्टामा

Monday, June 18th, 2018

चक्र प्रसाद पोख्रेल ,
काठमाण्डौ ः दक्ष्य इन्टरनेशनल प्रा.लिको आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सी अग्रवालको पोल्टामा परेको छ । राष्ट्रीय नाचघर जमलमा सम्पन्न सो प्रतियोगीतामा प्रशिक्षार्थीहरुलाई करीब एक महीना लामो प्रशिक्षण पछी फाइनल राउण्ड भएको थियो । मिस ग्यालेक्सी २०१८ को फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि हात पारिन भने मस्ट पपुलरको ताज समेत बिजेता न्यान्सी अग्रवालले जित्न सफल भइन । मिस ग्यालेक्सी २०१८ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेका थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउन मिस ग्यालेक्सी २०१८ आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए।
प्रमुख अतिथिमा काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठ रहेकी थिइन् भने प्रतियोगिताको निर्णायकमा चर्चित नायिका रेजिना उप्रेती, गायक सिताराम पोखरेल, डा.सुमित्र अर्याल, निर्देशक राजु केसी चिरन्जिबी गुरागाई, डा.राज्य श्री श्रेष्ठ तथा एलिशा मानन्धर रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिमा हरि प्रभा खड्की श्रेष्ठको हातबाट तिन जना आ–आफ्ना क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुलाईसमेत सम्मान गरिएको थियो जसमा ईभेण्ट अर्गनाइजर लब बहादुर कार्की, चर्चित कोरियोग्राफर आस्विनी कान्त झा तथा रंग पत्रकार सुर्य चन्द सम्मानित भएका थिए ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest