मिस देवदह २०७५को उपाधी निश्मा भट्टराईको पोल्टामा

Wednesday, August 29th, 2018

धनु गिरी,
बुटवल ःबर्बरी फेसन हाउसको आयोजना र लियो क्लब अफ लर्ड बुद्धको सह आयोजनामा रुपन्देहीको देवदहमा मिस देवदह २०७५ सिजन २ प्रतियोगिता सम्पन्न भएको छ । नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ सञ्चालन भएको सो प्रतियोगितामा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्मा भट्टराईले मिस देवदह २०७५ को सौन्दर्य प्रतियोगीताको ताज सहित मिस ब्युटिफुल हेयरको अवार्ड र नगत रु .दस हजार जितेकी हुन् । तेसैगरी प्रतियोगितामा कृस्टिना ज्ञवालीले फस्ट रनरपको ताज, मिस एक्टिभ अवार्ड सहित नगद रु. सात हजार र प्रकृति के.शिले सेकेण्ड रनरपको ताज ,मिस र्याम्प वाकको अवार्ड र नगद रु पाँच हजार हासिल गरेका छन । प्रतियोगितामा मिस ट्यालेन्ट अवार्ड र मिस मिस कन्फिडेन्स अवार्ड मोनिका शर्मा, मोस्ट भिवर च्वाईस अवार्ड र मिस स्किन बिपना घर्ति मगर , मिस कन्जुवालिटी अवार्ड समिक्षा घर्ती मगर, मिस मुल्टिमिडिया अवार्ड दिभ्या अधिकारी ,मिस स्माईल सिम्रन ढकाल,मिस प्रफेक्ट बडि अवार्ड कल्पना शर्मा , मिस फोटोजेनिक अवार्ड निरुता गुरुङले जितेकी थिईन ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest