मिस वर्ल्डमा प्रतिनिधित्व गर्दै मिस नेपाल अनुष्का

Sunday, November 17th, 2019

काठमाडौं :हरेक वर्ष आयोजना हुने सुन्दरी प्रतियोगिता मिस वर्ल्ड’ जहाँ विभिन्न राष्ट्रहरुका सुन्दरीहरु सहभागीता हुने ठाउँ हो ।जसमा नेपाल पनि पर्ने गरेको छ । मिस वल्र्ड’ प्रतियोगितामा नेपालबाट मिस नेपाल’ ले सहभागीता जनाउने गर्छ । सदाको वर्षझैं यस वर्ष पनि अनुष्का श्रेष्ठले ‘मिस नेपाल’ को उपाधि हासिल गरिसकेकी छिन् । अब अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् मिस वल्र्ड’ प्रतियोगितामा मुख्य टाईटल मिस वल्र्ड बाहेक अन्य थुप्रै टाईटलहरु पनि हुने गर्छ । जस मध्येको एउटा महत्वपूर्ण टाईटल ‘बिउटी विथ द प्रपोस’ हो । जसमा ५ देखि ६ मिनेटको भिडियो प्रसारण हुने गर्छ । उक्त भिडियोमा आफ्नो परिचयदेखि आफ्नो कार्यको प्रस्तुती हुनु पर्नेछ । त्यहि भिडियोको आधारमा उत्कृष्ट छनौट गरिन्छ । बिउटी विथ द प्रपोस’ को उपाधि नेपालका तर्फबाट सन् २०१३ मा भएको ‘मिस वर्ल्ड’ प्रतियोगितामा इशानी श्रेष्ठले यो टाईटल हात पारेकी थिईन । यो नेपालको लागि पहिलो इतिहास हो । यस अघि अथवा पछि नेपालले कुनै टाईटल हात पार्न सफल भएको छैन ।

यस वर्षको मिस वर्ल्ड २०१९ को तयारी सुरु हुन केहि समय मात्र बाँकी छ । डिसेम्बर १४ बाट लण्डनमा आयोजना हुने ‘मिस वल्र्ड’ प्रतियोगिताको लागि नेपालबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैछिन् । अनुष्काले बिहिबार राती ‘मिस वर्ल्ड २०१९’ को बिउटी विथ द प्रपोस’ टाईटलको लागि आफ्नो ५ मिनेट ४० सेकेन्डको परिचय भिडियो यूट्यूबमा सार्वजनिक गरेकी छिन् । भिडियोमा अनुष्काले आफ्नो परिचय साथै विभिन्न जातजातीको संस्कृति, जात्रा, प्राकृतिक मनोरमणीय दृश्य, ऐतिहासिक स्थान, मठमन्दिर, कृषि क्षेत्र तथा शिक्षालाई प्रस्तुत गरेकी छिन् ।

तर अनुष्का श्रेष्ठको अघिल्लो वर्षकी मिस नेपाल श्रृङ्खला खतिवडा जतिको चर्चा भने छैन । सांसदकी छोरी भएर श्रृङ्खला खतिवडाको धेरै चर्चामा आएको भन्नेहरुको ठूलै जमात पनि लागेको थियो तर श्रृङ्खलाले त्यस कुराको ‘मिस वर्ल्ड २०१८’ को उत्कृष्ट १२ साथै ‘बिउटी विथ द प्रपोस’ मा समेत उत्कृष्टमा पार्न सफल पार्दै आफूलाई सावित गराईदिइन् कि उनी आफ्नै बौद्धिकताकै कारण चर्चामा आएकी थिइन् । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ भने उपाधि जितेपछि पनि त्यति चर्चामा आएकी छैनन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest