मिस वर्ल्ड प्रतिस्पर्धाको भोटिङमा श्रृंखला खतिवडा सबैभन्दा अगाडि, यसरी गरौ भोट

Sunday, November 18th, 2018


चक्र प्रसाद पोख्रेल,
काठमाण्डौः मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडा मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी छिन् ।प्रतिस्प्रधा चीनमा भइरहेको छ । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुनेछ ।त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।
सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनि २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् । उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको बुझिएको छ । सबैको सपोर्ट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्ड को मुख्य दावेदार मानिएको छ ।
श्रृंखलालाई भोट गर्नका लागि निम्न विधि अपनाउन सकिन्छ –
१. मोब्स्टार ःयदक्तबच नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा क्जचष्लपजबबि प्जबतष्धबमब सर्च गर्ने

४.निलो थोप्लो भएको प्रोफाइल क्जचष्लपजबबि लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)
५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)
६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर गर्ने

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest