मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन

Wednesday, December 4th, 2019

काठमाडौं : नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटिसी रएनुेलर स्मार्ट सेल मोबाइल मा टप÷अप गर्दा पहिलो पटक टप÷अप गरेको रकमको २० प्रतिशत स्यास ब्याक प्राप्त गर्नेछन् । यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

 

 

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest