मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट बीच सहकार्य

Friday, September 13th, 2019

 चक्र प्रसाद पोख्रेल,

काठमाडौं ःमुक्तिनाथ विकास बैंक लि.काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्की बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख श्री बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्रि प्रबन्धक श्री पियुस लामाले हस्ताक्षर गर्नु भएको छ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताए ।

 

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest