मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कारोबारको अनुमती

Thursday, April 4th, 2019

 

काठमाडौँ, १९ चैत । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।
मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमति पत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले पूँजी बजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ्ग सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सीईओ सुदयकान्त झाले जानकारी दिएका छन् ।
ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु पूँजी बजारमा ल्याउनु नै कम्पनीको मूल उद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ग्ले जानकारी दिए । केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत रुपमा कारोबार प्रारम्भ गर्ने उनले बताए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest