मेडिसिटी र नेपाल नेशनल हस्पिटलबिच सेवा सम्झौता

Thursday, July 12th, 2018

नेपाल मेडिसिटी र नेपाल नेशनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुवै अस्पतालले एक अर्काको सेवासुविधालाई विरामीको उपचारमा सफलतापूर्वक उपयोग गर्ने लक्ष्य राखेको छ । हस्ताक्षर पछि नेपाल नेशनल अस्पतालले थप एवं विशेष उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य गर्ने डा. प्रकाश पौड्यालले बताए ।

भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित छ । पूर्णकालीन चिकित्सकहरु रहेको अस्पतालमा ७५० सैयाका लागि पुग्ने पूर्वाधारहरु रहेकाले पनि विरामीलाई शान्त र सौहार्दपूर्ण वातावरण उपलब्ध हुने र उपचार सजिलै सम्भव हुने विश्वास गरिएको छ । साथै अस्पतालले सोहि अनुरुपको सेवा प्रदान गर्दै आएको छ । हरेक भू–भाग र पृष्ठभूमिबाट आएका स्वदेशी तथा विदेशी नागरिकको स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रदान गदै आएको र गर्दै जाने अस्पतालको लक्ष्य छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest